Saturday, September 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सिटिइभिटीको मान्यताविपरीत शुल्क उठाउँदै इटहरीको सुष्मा गोदावारी कलेज

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ६, २०८०
in टाकुरा विशेष, समाचार
0
सिटिइभिटीको मान्यताविपरीत शुल्क उठाउँदै इटहरीको सुष्मा गोदावारी कलेज
228
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीस्थित सुष्मा कोइराला मेमोरियल इञ्जिनियरिङ कलेजले सिटिइभिटीको मान्यताविपरीत विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ ।

डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र डिप्लोमा इन कम्युटर इञ्जिनियरिङको कोर्ष अन्तरगत कलेजले सिटिइभिटीले तोकेको शुल्कभन्दा बढी रकम लिएको पाइएको हो ।

कलेजले गरेको प्रचारमा ‘आफ्नै सहरमा, तीन वर्षको दुई लाख पचास हजारमा इञ्जिनियरिङको अध्ययन’ गर्न पाइने भनेको छ ।

तर, सिटिइभिटीले भने साझेदारी/प्रतिष्ठान नेपाल सरकारबाट अनुदान प्राप्तको हकमा एक लाख ९० हजार रुपैयाँ र साझेदारी/प्रतिष्ठान नेपाल सरकारबाट अनुदान प्राप्त नभएकाको हकमा भने दुई लाख पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । तर, सुष्मा कलेजले भने सिटिइभिटीको मान्यताविपरीत दुई लाख ५० हजार रुपैयाँ शुल्क तोक्दै विज्ञापन गरेको छ ।

कलेजले सिट सीमित रहेको जनाउँदै विभिन्न विशेषता देखाएर विद्यार्थीलाई लोभ्याएको जानकारहरू बताउँछन् ।

२०५७ सालदेखि हालसम्म दक्ष प्राविधिक उत्पादन गरी विभिन्न सरकारी निकायमा आफ्ना विद्यार्थीहरूले काम गरेको जनाउँदै कलेजले बढी शुल्क तोक्दै विज्ञापन गर्दै आएको छ ।

सिटिइभिटीको मान्यताविपरीत शुल्क उठाउनु गैरकानुनी भएको बताइन्छ । सिटिइभिटी कोसी प्रदेशकी प्रमुख दीपिका शर्माले तोकेको शुल्कभन्दा बढी लिन नपाइने बताइन् ।

‘सिटिइभिटीले तोकेको शुल्कभन्दा बढी रकम लिन पाइदैँन,’ उनले भनिन्, ‘यदि त्यसो पाइएमा सम्बन्धित विद्यार्थीहरूले लिखित रूपमा प्रमाणसहित निवेदन दिनुभयो भने सम्बन्धित संस्थालाई चेतावनी दिदैँ आवश्यक कारबाहीको प्रक्रिया अगाढि बढाउँछौँ ।’

उनले लिखित निवेदन आएमा कारबाहीको प्रक्रिया अगाडि बढाइने बताइन्। ‘हाम्रो वेबसाईटबाट पनि शुल्क निर्धारण गरेर राखेका छौँ,’ शर्माले टाकुरा न्यूजसँग भनिन्, ‘हामीले तोकेको मूल्यको न्यूनतम जतिमा पनि पढाउन पाइन्छ तर तोकेको शुल्कभन्दा अधिकतम भयो भने कारबाहीको प्रक्रिया अगाडि बढाउनेछौँ ।’

सिटिइभिटीको मान्यता प्राप्त संस्थाबाट मनोमानी भएको पाइएमा नियमन गर्ने जिम्मेवारी आँफूहरूकै रहेको उनले सुनाइन् ।

कलेजले गरेको विज्ञापन ।

यता, सुष्मा कलेजका प्रधानाध्यापक बोधराज नेपालले सिटिइभिटीले मूल्य नतोकेको दाबी गरे । ‘सिटिइभिटीले मूल्य त तोकेको छैन, तोक्दा यो भन्दा कम मूल्य तोक्दैन,’ उनले भने, ‘अढाइ लाख त हो नि, सस्तो छ ।’

उनले तीन वर्षे कोर्षको दुई लाख पचास हजार रुपैयाँ सस्तो भएको र सिटिइभिटीले मूल्य नतोकेको प्रतिक्रिया दिए । ‘सिटिइभिटीले मूल्य तोक्दा यो भन्दा कममा तोक्दैन,’ उनले भने ‘भर्ना हुने बेला यतिखेरै हो । ओभरसियर विषय भएका कारण एसइइपछि यो कोर्ष गर्न सकिन्छ ।’

खासगरी सुष्मा कोइराला मेमोरियल इञ्जिनियरिङ ट्रष्टले उक्त विषयको मान्यता प्राप्त गरेको हो । ट्रष्टको नाममा मान्यता प्राप्त भएपछि मुनाफारहित अर्थात् नाफा आर्जन गर्न पाइदैँन । ट्रष्ट नाफारहित संस्था हो ।

तर, सुष्मा कोइराला मेमोरियल इञ्जिनियरिङ कलेजले व्यवस्थापन गरेर डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र डिप्लोमा इन कम्युटर इञ्जिनियरिङको कोर्ष अध्यापन गर्दै आएको छ । जुन गैरकानुनी रहेको सिटिइभिटीले जनाएको छ ।

सिटिइभिटीले तोकेको शुल्क हेर्नुहोस् :

Tags: टाकुरा विशेषसिटिइभिटीसुष्मा गोदावारी कलेज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–१०, जाल्पापुर चम्राही टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
FEATURE BREAKING

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इटहरी : इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१२ खनारका ५६ वर्षीय जीवन दर्जी रहेका...

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३
सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

अशोज २, २०८३
त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

अशोज २, २०८३
मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

मोरङ कांग्रेसका नेताहरूको सामूहिक आह्वान : एकताको महाधिवेशन गरौँ

अशोज २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

अशोज ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

अशोज ३, २०८३
‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३
सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

अशोज २, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    512 shares
    Share 205 Tweet 128
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.