खोटाङ : लगातारको भारी वर्षाका कारण दूधकोसी नदीमा आएको भीषण बाढी पहिरोले दिप्लीघाट दूधकोसी बेलिब्रिजमा क्षति पुर्याएको छ ।
जसकारण सोताङ र महाकुलुङका जनतालाई सडक यातायातको माध्यमबाट सदरमुकाम, काठमाडौँ र तराई आवागमन (आउजाउ) ठप्प भएको छ ।
बर्षा र बाढी अझै निरन्तर आइरहेकोले थप सतर्कता अपनाउनुपर्ने सोही निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सांसद गोम्बु शेर्पाले बताए ।
उनले यथासम्भव चाँडो वैकल्पिक व्यवस्था गरी यस असुविधाबाट मुक्त गर्नको लागि थुलुङदूधकोशी, सोताङ र महाकुलुङ ३ वटै स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र सम्बद्ध निकायसँग माग गरे ।















Discussion about this post