Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङकी थापासहितलाई अपहरण गरी फिरौती लिने चारजना पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ८, २०८०
in समाचार
0
मोरङकी थापासहितलाई अपहरण गरी फिरौती लिने चारजना पक्राउ
217
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : वैदेशिक रोजगारीका लागि ग्रिस पुगेका एक नेपालीलाई अपहरण गरी फिरौती उठाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौँका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलवासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा रहेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौँको गौरीघाटबाट फिरौतीको २१ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका २ बस्ने २५ वर्षीया साबित्रा थापा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ३ बस्ने कृष्ण कार्की र काभ्रेपलाञ्चोक नमोबुद्ध १ मथुरापाटी बस्ने ३० वर्षीय राजन सत्याल एकसाथ नेपालबाट सिजनल भिसामा वैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका थिए।

सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलव सुविधा नपाएको कारण लुकीछिपी ग्रीस प्रवेश गरे। त्यसक्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा उसको सहयोगी समेतले उनीहरूलाई अपहरण गरी, डोरीले बाँधेर शारीरिक तथा मानसिक यातना तथा डर त्रास देखाइ, ज्यान मार्ने धम्की दिएर पीडितको नेपालमा रहेका परिवारहरूसँग १५ हजार युरो फिरौती मागे।

ग्रिस तथा दुबईबाट ह्वाट्सएपमार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम लिएको प्रहरीले जनाएको छ।

ग्रिसमा बन्धक भएका चारै जनालाघ पनि प्रहरीले सकुशल नेपाल फिर्ता ल्याएको छ। पक्राउ परेकामध्ये शिवराज कुँवरको भूमिका नेपालमा फिरौती रकम लिने रहेको थियो।

पक्राउ परेका व्यक्तिहरूलाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

Tags: #पक्राउअपहरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–८ भोजपुरे टोलबाट प्रहरीले १५.९७ ग्राम ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बिक्री–वितरण भइरहेको...

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण
कला साहित्य

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

इटहरी : विश्व आदर्श एकेडेमीअन्तर्गतको साहित्य संस्था ‘विश्व आदर्श साहित्य संघ’का पूर्व अध्यक्ष तथा नेपाल ल क्याम्पसमा बीए एलएलबी अध्ययनरत...

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

अशोज १, २०८३
हामी नवौँ वर्षमा [प्रकाशकीय]

हामी नवौँ वर्षमा [प्रकाशकीय]

अशोज १, २०८३
सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

भदौ ३१, २०८३
झापामा जङ्गली हात्ती मृत फेला

झापामा जङ्गली हात्ती मृत फेला

भदौ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

म आफैँसँग नहारूँ (कविता )

म आफैँसँग नहारूँ (कविता )

अशोज १, २०८३

अब गाउँमा बाँकी को छन् ?

अशोज १, २०८३

‘विशेष पुस्ता’को भ्रममा जेनजी

अशोज १, २०८३

किताबको भयदेखि जीवनको लयसम्म

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    274 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.