Tuesday, June 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पुस्तकालयका पुजारी ‘फलाहारी बा’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८०
in समाचार
0
पुस्तकालयका पुजारी ‘फलाहारी बा’
90
SHARES
Share on FacebookShare on Twitter

झापा : लामा दाह्रीजुँघा पालेर गेरु बस्त्रमा खाली खुट्टा हिँड्ने मेचीनगर–१० का ७४ वर्षीय प्रेमप्रकाश पोखरेल आध्यात्मिक चिन्तक र योगसाधक हुन् ।

अन्न आहार नगर्ने भएकाले उनी आफ्नो नामका पछाडि थरको साटो ‘फलाहारी’ लेख्न रुचाउछन् । आम मानिसहरु उनलाई ‘फलाहारी बाबा’ पनि भन्छन् ।

सन्त स्वाभावका ‘फलाहारी बाबा’को चिनारी पूजापाठसँग होइन, पुस्तकालयसँग जोडिएको छ । खाली खुट्टा हिँडेर उनले मागेका पुस्तक र दानले अहिले मेचीनगरको धुलाबारीमा नेपालकै सबैभन्दा ठूलो त्रिफला राष्ट्रिय पुस्तकालय सञ्चालन भइरहेको छ ।

पचास हजारभन्दा बढी पुस्तक सङ्ग्रहित सो पुस्तकालयको चार तले भब्य भवन ‘फलाहारी बाबा’ले दानमा मागेर निर्माण गरेका हुन् ।

“हरेक दिन बिहानीको ४ बजे उठेर योगाभ्यास गरेपछि सरस्वतीको मन्दिरमा नित्य पूजा गर्छु,” पुस्तकालयको एउटा कोठामा बस्दै आउनु भएको ‘फलाहारी बाबा’ भन्छन् – “छ बजिसक्दा शङ्खध्वनी फुकिसकेर पुस्तकालयका कोठाहरुमा कुचो र पोचा लगाइसक्छु । कहिलेकाहिँ त लाग्छ, म यही पुस्तकालय स्थापना र सञ्चालनका लागि नै जन्मिएको हुँ ।”

बिहानदेखि बेलुकीसम्म पुस्तकालयकै काममा व्यस्त रहने ‘फलाहारी बाबा’को निजी घर पुस्तकालयभन्दा एक किलोमिटर नजिक छ । तर, उनी घरको काम गर्दैनन् ।

गत वर्ष पत्नीको देहान्त भएपछि छोराबुहारीले घर व्यवहार सम्हालिरहेका छन् । त्यसअघि पत्नीले नै घरव्यवहार सम्हालेकी थिइन् । उनले आफ्नो जीवनको सारा समय, श्रम र उमेर त्रिफला पुस्तकालयकै उन्नयनमा व्यतित गरेका छन् ।
नरहरिनाथको प्रेरणा

धरानको पिण्डेश्वर संस्कृत विद्यापीठबाट शास्त्री तहको शिक्षा प्राप्त गरेका ‘फलाहारी बाबा’ सानैदेखि धार्मिक र त्यागी स्वाभावको थिए ।

पढ्ने उमेरमा पहाडको गोठमा छँदा बुबाआमाले विहे भनेर नचिनेकी बेहुलीसँग एकैचोटी जग्गेमा बसाउँदा रिसाएर उनी सुहागरात अघि नै भागेर पिण्डेश्वर संस्कृत विद्यापीठ आएका थिए । घरबाट टाढिएर उनले आफ्नो शिक्षा आर्जनको भोक मेटाएका थिए ।

झापामा बसाई सरेर आएकै बेला २०४२ सालमा योगी नरहरिनाथसँग भेट भएपछि उहाँको जीवन ज्ञान र ध्यानतिर मोडियो । २०४५ सालदेखि २०५० सम्ममा उनले खाली खुट्टा नेपालका तत्कालीन ७५ जिल्ला भ्रमण गरेर लागू पदार्थको दूव्र्यसनविरुद्ध अभियान सञ्चालन गरेका थिए ।

जीविकाका लागि धुलाबारीमा चलाउँदै गरेको कृषि सामग्रीको पसल बन्द गरेर उनी सामाजिक र धार्मिक अभियानमा होमिएका थिए ।

“ज्ञान, ध्यान र त्यागको कुरा मैले योगीजीबाट सिक्ने मौका पाएँ,” सामाजिक सेवामा समर्पित हुँदाको विगत सुनाउँदै उनी भन्छन् – “इतिहास, धर्म, काब्य र साहित्यको कुरा पनि मैले उहाँबाटै सिकेँ । त्यसपछि मेरो मनमा के गरौँ के गरौंँ भइरहेका बेला पुस्तकालय खोल्ने विचार आयो ।”

हिन्दू धर्मका प्रकाण्ड विद्धान डा. स्वामी प्रपन्ननाचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, पूर्व प्रमुख जिल्ला अधिकारी टिकाराम अर्याल, पूर्व जिल्ला शिक्षा अधिकारी उद्धव बिष्ट, अर्जुनधारा जलेश्वर धामका पूर्वप्राचार्य स्व. पुष्पलाल आचार्य, काँकरभिट्टाका समाजसेवी स्व. छत्रबहादुर बस्नेत, सिक्किमका साहित्यकार टीका ढुङ्गेललगायतको संगत र हौसलाबाट उनले मेचीनगरको धुलाबारीमा जग्गा, भवन, अक्षयकोष र सयौं आजीवन सदस्यसहितको त्रिफला राष्ट्रिय पुस्तकालय स्थापना गर्न सफलता पाए ।

घुम्तीदेखि महलसम्म

विसं २०५३ मा ज्यामिरगढी जाने बाटोको किनारमा सानो घुम्ती पसलमा पुस्तक फिजाएर पुस्तकालयको श्रीगणेश गर्दा धेरैले ‘फलाहारी बाबा’लाई पागलकै संज्ञा दिए । खाली खुट्टा हिँड्ने र फलफूल मात्र आहार गर्ने उहाँले निजी आर्जन हुने दोकान बन्द गरेर घुम्तीमा पुस्तक फिजाउँदा गाउँलेलाई अचम्मै लागेको थियो । कतिपयले पसल खोलेको ठानेर पुस्तक किन्न पनि आउँथे ।

“मानिसहरुमा पुस्तक पढ्ने बानी बसोस् र सजिलै पुस्तक उपलब्ध होस् भनेर सडक किनारमा चिया पसल जस्तो गरेर पुस्तकालय खोलेको थिएँ,” उनी २७ वर्षअघिका दिनहरु सम्झिदै भन्छन् “पुस्तक बेच्न राखेको पसल होइन रहेछ ।

यो त पुस्तक पढ्ने ठाउँ पो रहेछ भन्ने बुझ्दै गएपछि पाठकहरु घुम्तीमा झुम्मिन थाले । दिनभरि बाटोमा हिँड्ने मान्छेहरुलाई घुम्तीमा बोलाउँदै पुस्तक पढ्नुपर्छ भन्दै सिकाउन थालेपछि केहीले मलाई पागल भएको ठानेँ भने धेरै सज्जनहरुले मलाई राम्रो कामको थालनी गर्नुभयो भनेर हौसला पनि दिनुभयो ।”

धुलाबारीका दानवीर देवेन्द्रविक्रम नेम्वाङले १० धुर जग्गा निःशुल्क दिनु भएपछि उनले पुस्तकालय भवन निर्माण गर्ने र देशभरिबाट पुस्तक सङ्ग्रह गर्ने अठोट गरे । २०६० सालमा दाताहरुकै सहयोगमा पुस्तकालय भवन निर्माण शुरु भयो ।

थप १० धुर उहाँकै जमिन खरिद गरेपछि एउटा कोठा, अर्को कोठा गर्दै एक तला भवन बनाइसकेपछि वर्षेनी दान खोजेर दोस्रो र तेस्रो गर्दै चार तलासम्म अहिले भब्य पुस्तकालय भवन निर्माण भइसकेको छ ।

पुस्तक खोज्न चाहिँ उनी नेपालका धेरै जिल्ला, धेरै विद्वान व्यक्तित्वहरु र भारतको सिक्किम दार्जीलिङतिर धाए । “सबैभन्दा पहिला काठमाडौं केशर पुस्तकालय गएँ, त्यहाँ पढ्न पाइँदोरहेछ लैजान पाइँदैन रहेछ । बल्ल एउटा सानो निबन्ध पाएँ”, उनले भने “ त्यसपछि स्वामी प्रपन्नाचार्यलाई पुस्तक मागेँ, बेद, पुराणसहित एक भारी धार्मिक पुस्तक दिएर पठाउनुभयो ।

अनि साहित्यकार र विद्वान व्यक्तिका घरघरै धाउन थालेँ । भारीका भारी पुस्तक जुट्न थाल्यो । घरघरबाट भेला पारिएका पुस्तकका भारीलाई बोरामा कसेर नाम्लो लगाउँदै बोकेर बसपार्कमा ल्याउँथे ।”

मागेरै उनले पुस्तकको थाक लगाए भने अग्लो भवन ठड्याए । तर, पुस्तकालयमा उनले कुचो लगाउने पनि आफै, र्याकमा मिलाएर राख्ने पनि आफै, धुलोमैलो सफा गर्ने पनि आफै र अध्यक्ष पनि आफै भएर सेवा गरिरहे । पुस्तकालयमा अहिले संग्रहित पुस्तक यति धेरै छन् कि राख्ने ठाउँ पनि साँघुरो भइसकेको छ ।

प्रदेश सरकारको अनुदानमा पुस्तकहरुको वैज्ञानिक विधिबाट क्याटलगिङ र बाइन्डिङ कार्य धमाधम भइरहेको छ । प्रदेश सरकारले नै पुस्तक राख्ने आधुनिक स्टील र्याक समेत उपलब्ध गराएको छ ।

भूईं र तेस्रो तलामा पुस्तकहरु सजाएर राखिएका छन् । दोस्रो तलामा सभा हल र उनको बस्ने सुत्ने कोठा छ । त्यस कोठामा ‘फलाहारी बाबा’ दिनहुँ योगा सिकाउछन् । दिउँसो साहित्यिक र पठन संस्कृतिसम्बन्धी छलफल र गोष्ठीहरु आयोजना हुन्छन् ।

तेस्रो तलामा पाहुना राख्ने अतिथिगृह धमाधम निर्माण भइरहेको छ । कोठाहरुको नाम पनि उनले काठमाडौं, चितवन, आसाम र सिक्किम राख्नु भएको छ । सो स्थानमा एउटा फराकिलो बैठक कोठा र भान्साको समेत व्यवस्था गरिएको छ ।
पुस्तकालय धाउँथे सिडिओ

झापामा २०५९ सालतिर प्रमुख जिल्ला अधिकारी नियुक्त भएर टिकाराम अर्याल आएका थिए । उनी पुस्तकालयप्रेमी थिए । उनलाई विमानस्थलमा स्वागत गर्न लामो दाह्रीजुँघा पालेका प्रेमप्रकाश फलाहारी नै पुगे ।

एक दिन समय निकालेर उनी फलाहारीलाई खोज्दै धुलाबारी आए । धुलाबारीको सडक छेउमा काठको घुम्तीमा पुस्तक फिँजाएर बसिरहेको देखेपछि उनलाई त्यसलाई व्यवस्थित गर्न सहयोग गर्ने इच्छा जागृत भयो ।

“उनलाई पुस्तकालय यही हो भनेर सोधँे”, अर्याल भन्छन् – “उहाँले यही हो अरु पनि पुस्तक छन् भन्दै मलाई भित्र अँध्यारो कोठामा लगेर पुस्तक देखाउनुभयो । जहाँ बहमूल्य हस्तलिखित ग्रन्थहरु पनि थिएँ । पुस्तक संरक्षण गर्नुपर्छ भन्दा हामीसँग केही छैन सर भन्नुभयो । मैले योजना लिएर जिप्रकामा नै आउन आग्रह गरेर निस्कें ।”

दयनीय अवस्थामा सञ्चालन भइरहेको देखेपछि अर्यालले क्यारिटास नेपाललाई गुहारेर पुस्तकालयका लागि पहिलो संस्थागत रु. एक लाख दिलाएका थिए । झापामा प्रजिअ पदमा रहँदा उनी नियमित रुपमा त्रिफला राष्ट्रिय पुस्तकालय धाउँथे । उनले अरु दाता समेत खोज्न मदत पुर्याउनु भएको फलाहारी बताउछन् । वि.सं. २०५४ सालमा सुनसरीको प्रमुख जिल्ला अधिकारी हुँदादेखि नै फलाहारीसँग चिनजान भएको उनले बताए ।

फलाहारी चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा आफूलाई भेट्न खाली खुट्टै आउनु भएको स्मरण गर्दै अर्यालले फलाहारीलाई समाजले चिन्न नसकेको सुन्दर हिराको संज्ञा दिए । फलाहारीको निःस्वार्थ र समर्पित नेतृत्व नभए त्रिफला पुस्तकालय सम्भव नहुने उनको धारणा छ । “एउटा व्यक्तिको समर्पणले बनेको यस्तो ठूलो सम्पतिको संरक्षणमा हामी सबै लाग्नुपर्छ”, उनले भने “पुस्तकलाई व्यवस्थित (क्याटलगिङ) र नम्बरिङ गर्न उहाँलाई आर्थिक समस्या हुन सक्छ सबैले सहयोग गर्नुपर्छ ।”

झापाका पूर्व जिल्ला शिक्षा अधिकारी उद्धव बिष्ट पनि प्रेमप्रकाश फलाहारी अद्भूत, लगनशील र सादगी व्यक्तित्व भएको बताउछन् । उमेरले वृद्ध हुँदा पनि पुस्तकालयका लागि मरिमेटेर लागिरहेको देख्दा उहाँप्रतिको श्रद्धा बढेर आउने बिष्टले बताए ।

फलाहारी बाबाको निःस्वार्थ भावनाको कदर गरेरै दाताहरुले चार तले पुस्तकालय भवन बनाउन र त्यसलाई सञ्चालनका लागि आतुरता देखाएको बिष्टको विश्लेषण छ ।

भारतको दार्जीलिङ, सिक्किम र आसामसम्मका नेपाली भाषीहरुको मिलन केन्द्रको रुपमा त्रिफला पुस्तकालय बन्न सकेको जनाउँदै नेपाल र भारत ओहोरदोहोर गर्ने हरेक साहित्यकारले त्रिफलालाई तीर्थस्थल जस्तो मानेर भ्रमण गर्ने गरेको उनको भनाई छ ।

Tags: #झापा#राससप्रेमप्रकाश पोखरेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा
समाचार

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
0

धनकुटा : धनकुटा प्रहरीले कोशी लोकमार्गबाट ७७५ केजी गाँजासहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ। लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा...

निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो
समाचार

हात्ती गाउँ पस्दा उदयपुरमा ६ परिवार विस्थापित, अन्नपातसमेत नष्ट

by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ । कुमाङमा गए राति जङ्गली...

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

असार १५, २०८३
इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

असार १५, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

जेनजी आन्दोलनपछि रोकिएको ७९ जना स्वकीय सचिवको पारिश्रमिक दिन कोशी सरकारको निर्णय

असार १५, २०८३
खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

असार १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

असार १५, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

हात्ती गाउँ पस्दा उदयपुरमा ६ परिवार विस्थापित, अन्नपातसमेत नष्ट

असार १५, २०८३
अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

असार १५, २०८३
इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

असार १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    743 shares
    Share 297 Tweet 186
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.