झापा : झापाको भद्रपुर नगरपालिका ९ बाट तीन वर्षीया बालिका मृत फेला परेकी छन् ।
प्रहरीकाअनुसार निर्जला सिग्देल दिउँसो १२ बजे हराएकी थिइन् । खोजतलास गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले घरदेखि केही दक्षिण पानीमा डुबेको अवस्थामा बालिका मृत फेला परेको जानकारी दिए ।
उनको शव घरदेखि पाँचसय मिटर दक्षिणतर्फको पक्की नालामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post