झापा : झापाको बिर्तामोड नगरपालिका १० तेलकानीका २६ वर्षीय दिनेश हस्दाको माछा मार्ने क्रममा पैनीमा डुबेर मृत्यु भएको छ ।
मंगलबार (आज) बिहान घर नजिकै रहेको पैनीमा माछा मार्ने क्रममा अचानक डुबेको भन्ने सूचना प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय अनारमनीबाट तत्काल खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो ।
उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post