धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत शिक्षक तथा कर्मचारीहरूको आन्तरिक पदपूर्ति तथा बढुवा प्रक्रियामा रोक लगाएपछि आन्दोलनमा उत्रिएका छन् ।
सात महिनाअघि सुरु भएको आन्तरिक पदपूर्ति तथा बढुवा प्रक्रियालाई लोकसेवा आयोगले रोकिदिएपछि प्रतिष्ठानका शिक्षकहरू आन्दोलित भएका हुन् ।
प्रतिष्ठानको शिक्षक कल्याण समाजले आन्दोलनको घोषणा गर्दै बुधबारदेखि उपकुलपतिको कार्यालय अगाडि दैनिक एक घण्टा धर्ना दिने जनाइएको छ । उनीहरुले शैक्षिक तथा परीक्षाका कार्यक्रमहरु पनि बहिष्कार गरेका छन् ।
प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रक्रिया अगाडि बढाएका थिए ।
तर, प्रतिष्ठानको कायममुकायम उपकुलपतिमा प्रा. डा. प्रल्हाद कार्की नियुक्त भएपछि लोकसेवा आयोगसँग राय मागेका थिए । राय माग गरेपछि ‘आयोगबाट सहमति लिएर मात्र’ पदपूर्ति गर्न आयोगले निर्देशन दिएको छ ।
आन्दोलित शिक्षकहरूले प्रतिष्ठानको सम्पूर्ण पठन–पाठन र परीक्षाका कार्यक्रमहरू बहिष्कार गरेका छन् । प्रतिष्ठानमा कार्यरत एक सय ३० जना फ्याकल्टी शिक्षकहरू र करिब १२ सय कर्मचारीहरूको आन्तरिक बढुवा रोकिएको शिक्षकहरूको भनाई छ ।














Discussion about this post