धरान : धरान उपमहानगरपालिका १५ मा मङ्गलवार साँझ दुई पक्षबीच भएको झडपमा संलग्न आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरका उपप्रमुख आइन्द्रविक्रम बेघाको घरमा घरमा भएको भनिएको घटनामा प्रहरीले आठजनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो ।
घटनामा संलग्न उपमेयर बेघाका कान्छा भाइ विष्णु बेघासहित ८ बेघा पक्षका ३ जना र अर्को समूहका ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । घटनामा गम्भीर घाइते भएका सन्देश राईले नै बेघाको नाम लिएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा बेघासहित धरान १५ का अमृत तामाङ, अनिल मगर, सन्दीप राई, बाघ बिरे भन्ने सुरज तामाङ, मेनल तामाङ, राज कुमार लिम्बू र दीपेन्द्र राई (सागर) रहेका छन् ।
सुरुमा विष्णु बेघाको समूहले आक्रमण गरेको र त्यसपछि अर्को समूहले लखेट्दै गएर उपमेयर बेघाको घरसम्म ढुंगामुढा गर्न पुगेको भन्ने घाइते सन्देश पक्षको दाबी छ भने बेघा पक्षबाट पनि पहिला सन्देश पक्षका युवाहरू हतियारसहित घरमा ढुंगामुढा गर्न गर्न आएको दाबी छ ।




















Discussion about this post