झापा : झापाको बाह्रदशी गाउँपालिका ५ का ४५ वर्षीय गंगाराम गजमेरको करेन्ट लागेर मृत्यु भएको छ ।
स्थानीय अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैँलाई करेन्ट लागेर घाइते भएका गजमेरलाई उपचारको लागि बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।












Discussion about this post