Saturday, May 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खोटाङ : धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३१, २०८०
in समाचार
0
खोटाङ : धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित
63
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् ।

रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिका सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको धान बालीमा कीरा तथा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका हुन् ।

धानको बाला लाग्ने ठाउँदेखि तल डाँठको वरिपरि तथा आँख्लामा खैरो रङ भएको दाग तथा गभारो नामको कीराको समस्या देखिएको किसानले बताएका छन् । कृषि थोप्ला जोडिँदै जाँदा पूरै पात डढेको देखिने र रोग लागेको धानको पात वा गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्ला देखिएको उनीहरुको भनाइ छ ।

गाभा सरेर पोटाउन लागेको धान बालीमा कीरा तथा राइस ब्लाष्ट–थ्री, सेथ ब्लाइट–टु र ब्याक्टेरियल फुट रट रोगको सङ्क्रमण देखापरेको कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामानन्द यादवले जानकारी दिए ।

“जिल्लाका कृषकले लगाएका धान बालीमा तीन किसिमको रोग र एक प्रकारका कीराको सङ्क्रमण फैलिएको पाइएको छ । कृषि ज्ञान केन्द्रले बजेट अभावका कारण विषादी उपलब्ध गराउन सकेको छैन”, उनले भने, “धान बालीमा फैलिएको रोग पहिचान गरेर नियन्त्रण गर्न जिल्लास्थित सबै स्थानीय तहका प्राविधिकलाई सुझाव दिएका छौँ । स्थानीय तहले चासो दिएको खण्डमा नियन्त्रणमा ल्याउन सकिन्छ ।”

धानको कलिलो अवस्थाको बोटमा गभारोको आक्रमण भएमा गावा मृत देखिने तथा फूल फुल्ने अवस्थामा आक्रमण भएमा भुसमात्र भएको सेतो बाला देखिने जनाइएको छ । धान बालीमा रोग तथा कीराको सङ्क्रमण फैलिएपछि यस वर्ष जिल्लामा उत्पादनमा समेत गिरावट आउने सम्भावना बढेको कृषि विज्ञहरूले बताएका छन् ।

जिल्लाका दश स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिकाका किसानले लगाएको धान बालीमा सबैभन्दा बढी रोग तथा कीराको प्रकोप देखिएको स्थानीय बासिन्दाले बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, खाल्ले र नेर्पामा लगाइएको धान बालीमा समेत रोग तथा कीराको सङ्क्रमण देखापरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गभारो कीरा, ब्लाष्ट, खैरो थोप्ले रोग र व्याक्टेरियल लिफ ब्लाइटको सङ्क्रमण देखिएको कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताए ।

“नगरपालिकाको सबै वडाका किसानले लगाएका धान बालीमा रोग तथा कीराको प्रकोप देखिएको छ । सबैभन्दा बढी वडा नं ४ खाल्लेमा देखिएको छ”, उनले भने, “धान बालीमा लागेको रोगको प्रकोप तथा कीरा नियन्त्रणका लागि नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानलाई कारटाप हाइड्रोक्लोराइड, कार्बेनडाजिम र एक्जाकोनाजोल नामको विषादी वितरणसमेत वितरण सुरु गरेको छ ।”

जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा धान बालीमा फैलिएको रोग नियन्त्रणका लागि पहल थालेको बुझिएको छ । यद्यपि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाहेक जिल्लाका अन्य स्थानीय तहका कृषकले अहिलेसम्म रोग नियन्त्रणका लागि आवश्यक पर्ने विषादी पाएका छैनन् ।

दुई नगरपालिका र आठ गाउँँपालिका रहेको जिल्लामा कुल १२ हजार आठ सय ९८ हेक्टर खेतमा किसानले धानखेती गर्दै आएका छन् । देशभर गाई/गोरुमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगसँगै बेलामा वर्षा नहुनु, यान्त्रीकरणमा सबै किसानको पहुँच नपुग्नुलगायतका कारण यस वर्ष जिल्लामा धान रोपाइँमा समेत ढिलाइ भएको थियो ।

Tags: #कृषि#खोटाङ#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा
FEATURE BREAKING

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

by अर्जुन उप्रेती
बैशाख २६, २०८३
0

वैशाख २० गते भत्केको खुम्बु आइसफल यस वर्ष झनै खतरनाक छ । हाम्रो टोली गएको ५ मिनेटपछि मे ५ को...

पूर्वी नाकाबाट कफीको आयात बढ्यो
विविध

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

by रासस
बैशाख २६, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख २६, २०८३
हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

बैशाख २६, २०८३
पूर्वी नाकाबाट कफीको आयात बढ्यो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

बैशाख २६, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    457 shares
    Share 183 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.