Sunday, May 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर : खोलाखोल्सीको निहुरो सहर बजारका भान्सामा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८०
in समाचार
0
भोजपुर : खोलाखोल्सीको निहुरो सहर बजारका भान्सामा
161
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : सडकको पहुँच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निहुरो सहर बजारका भान्सामा पुग्न थालेको छ । भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने निहुरो देशका ठूला सहरमा पुग्न थालेको हो ।

टेम्केमैयुङ– ५ चोलन्ती, मझौलेका स्थानीयवासीले वन जङ्गलबाट सङ्कलन गरेको निहुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँ लगायतका सहरमा जाने गरेको छ । सङ्कलित निहुरो घरबाटै बिक्री गर्दै आएको स्थानीयवासी डम्बर विष्टले बताए । विगतमा त्यतिकै वन, पाखा खोलाखोल्सीमा खेर गइरहेको निहुरोले अहिले गाउँघरमा नै राम्रो मूल्य पाउने गरेको उनको भनाइ छ ।

‘‘सडकको पहुँच विस्तारपछि यहाँका वन पाखामा पाइने निहुरोले मूल्य पाएको छ’’स्थानीयवासी विष्टले भने,‘‘हामीले सङ्कलन गरेको निहुरो आफ्नै घरबाट बिक्री भइरहेको छ । गाउँमा खेर गइरहेको निहुरो अहिले सहरका भान्सामा पुग्ने गरेको छ । निहुरो बिक्रीबाट घरखर्च चलाउन सहज छ ।’’

सङ्कलन गरेको निहुरो ठेकेदारहरुले घरमा नै आएर किन्ने गरेको स्थानीयवासी मीना बस्नेतले बताए । सङ्कलन गरिएको निहुरो प्रतिकेजी २५ देखि ३५ मा ठेकेदारले लैजाने उनको भनाइ छ ।

पात भएको भन्दा डाँठ मात्र भएको निहँुरोले राम्रो मूल्य पाउने बस्नेतले बताए । निहुरो बिक्रीबाट परिवारको घरखर्च धान्न सहज भएको उनले जानकारी दिए । सुरु सुरुमा प्रतिकेजी ४० देखि ४५ सम्ममा बिक्री गरेको उनको भनाइ छ ।

‘‘हाम्रो जस्तो दुर्गम ठाउँको निहुरो बिक्री होला भन्ने मलाई लागेको थिएन’’उनले भने,‘‘अहिले यही निहुरो किन्न घरमा नै मान्छे आउँछन् । गाउँभरिका सबैजना वन जङ्गलमा गएर सङ्कलन गरेर ल्याएर बिक्री गर्दै आएका छौँ । निहुरो बिक्रीबाट राम्रै आम्दानी हुन्छ ।’’

चोलन्ती, मझौलेमा सङ्कलन भएको निगुरो स्थानीय बजारमा भन्दा पनि जिल्ला बाहिरका सहरमा जाने गरेको स्थानीयवासी एकराज विष्टले बताए । एक जनाले एक दिनमा एकदेखि दुई डोकोसम्म निहुँरो सङ्कलन गर्ने उनको भनाइ छ । ‘‘खोलाखोल्सीको निहुरो सहर बजारमा पुग्न थालेको छ’’ उनले भने,‘‘निहुरो हुर्किएपछि गाईबस्तुलाई सोतरको रुपमा प्रयोग गर्दै आएका थियौँ । अहिले त्यही निहुरोले मूल्य पाएको अवस्था छ । हामीले जति धेरै सङ्कलन गरेपनि बिक्रीको लागि कुनै समस्या छैन ।’’

स्थानीय बासिन्दाले वर्षातयाम सुरु भएपछि अर्थात जेठ असारबाट कात्तिक महिनासम्म निहुरो बेच्दै आएका छन् । वनजङ्गलमा सजिलै पाइने, निहुरो अर्गानिक हुने भएकाले सहरका मानिसको रोजाइँमापर्ने गरेको छ । तराईमा पाइने निहुरोभन्दा पहाडी क्षेत्रबाट जाने डौँठे निहुरोको बजारमा राम्रो माग रहेको स्थानीय निहुरो व्यापारी लालबहादुर विष्टले बताए । यो वर्षबाट चोलन्ती,मझौले गाउँबाट मात्र आठ मेट्रिक टन निहुरो बाहिरका बजारमा लगेको उनले जानकारी दिए ।

गत वर्षको भन्दा यो वर्ष उत्पादनमा केही कमि आएको उनको भनाइ छ । गतवर्ष यहाँबाट दश मेट्रिक टन बढी निहुरो बाहिर लगेको व्यापारी विष्टले बताए ।

‘‘पहाडको निहुरोको सहरका बजारमा राम्रो माग छ’’उनले भने,‘‘गाउँबाट हिँडेको पाँचदेखि छ घण्टामा यसलाई धरान, इटहरी पुर्याउछौँ । बजारमा पुर्याएपछि बिक्रीको लागि कुनै समस्या छैन । खास गरेर पहाडको डौठे निहुरो अचारको लागि बढी माग हुन्छ । मैले मात्र यो वर्ष आठ मेट्रिक टन निगुरो बाहिर लगेँ ।’’ जैविक र मौसमी तरकारी निहुरो पौष्टिकताले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक रहेको पोषणविद्हरुको भनाइ छ ।

निहुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ‘ए’ लगायतका पोषकतत्व पाइने भएकाले बालबालिका तथा गर्भवती महिलालाई धेरै लाभदायक हुने उनीहरुको भनाइ छ । स्थानीयस्तरमा पाइने निहुरो बाहिरका बजारसम्म निर्यात हुने गरेकाले यसको उत्पादन र बजारीकरणको लागि गाउँपालिकाले आवश्यक पहल गर्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा काम गर्दै आएको उपाध्यक्ष राईको भनाइ छ ।

‘‘स्थानीय सरकार सञ्चालनमा आएपछि जनतालाई केही सहज भएको अवस्था छ’’उपाध्यक्ष राईले भनिन्, ‘‘गाउँ/गाउँमा कच्ची नै भए पनि कृषि सडक बनेकाले दुर्गम ठाउँका कृषि उपजले बजार पाएको अवस्था छ । अहिले किसानले घरबाट नै बिक्री गर्न सक्ने अवस्था छ । स्थानीयस्तरमा पाईने वस्तुको उत्पादनसँगै बजारीकरणमा गाउँपालिकाले पनि आवश्यक पहल गर्छ ।’’

ऊनीउ प्रजातीमा पर्ने निहुरो पहाड र तराई सबैतिरका वन जङ्गल तथा खोलाखोल्सीमा पाइने वनस्पति हो । निगुरो पहाडी क्षेत्रमा बढी मात्रामा पाइने भए पनि यहाँका गाउँघरका स्थानीयवासीले भने कमैले मात्र खाने गरेका छन् ।

Tags: #भोजपुर#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा
FEATURE BREAKING

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

by अर्जुन उप्रेती
बैशाख २६, २०८३
0

वैशाख २० गते भत्केको खुम्बु आइसफल यस वर्ष झनै खतरनाक छ । हाम्रो टोली गएको ५ मिनेटपछि मे ५ को...

पूर्वी नाकाबाट कफीको आयात बढ्यो
विविध

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

by रासस
बैशाख २६, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख २६, २०८३
हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

बैशाख २६, २०८३
पूर्वी नाकाबाट कफीको आयात बढ्यो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

बैशाख २६, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    481 shares
    Share 192 Tweet 120
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.