संखुवासभा : प्रहरीमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा तीनजनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा संखुवासभाको पाँचखपन नगरपालिका ७ बिहीबारे बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल रहेका छन् ।
पाँचखपन नगरपालिका ७ बिहीबारे बजारमा उनीहरूले मादक पदार्थ सेवन गरी हो–हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले सम्झाइ बुझाइ गर्ने क्रममा प्रहरी कर्मचारी माथिनै हातपात तथा दुर्व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरेको हो ।
हातपात गर्दा घाइते भएका एक जना प्रहरी कर्मचारी बाना स्वास्थ्य चौकीमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post