Tuesday, June 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कृषिजन्य वस्तु उत्पादनका लागि बनाइएका संरचना प्रयोगविहीन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८०
in समाचार
0
72
SHARES
Share on FacebookShare on Twitter

झापा : भद्रपुर नगरपालिका–२ मा कृषि आइपिएम कक्षा सञ्चालन गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएका संरचना प्रयोगविहीन बनेका छन् ।

पालिकाले करिब एक बिघा जमिनमा तारजालीको घेराबारा गरेर तरकारी खेतीका लागि तीन टनेल निर्माण तथा सेक्युरिटी गार्डका लागि भवन निर्माण गरेको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई लक्षित गरेर स्थापना गरिएका संरचना हाल प्रयोगविहीन भएको पालिकाका पूर्व प्रमुख जीवन श्रेष्ठले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् । उक्त जग्गामा तरकारी नभई झार जङ्गलले छोपेको उनको भनाइ थियो ।

विसं २०७७ मा वडा नं १ को कार्यालय अगाडि संरचना निर्माण गरिएको जनाउँदै उक्त जग्गा नगरपालिकाको रहेको श्रेष्ठले बताए । उनका अनुसार पालिकाले सो स्थानमा तरकारी र फूलखेतीलाई सिञ्चित गर्नका लागि दुई वटा बोरिङ समेत गाडेर भूमिगत पानी निकालेको थियो ।

“हामीले श्रमिकलाई आयआर्जनमा जोडेर उनीहरुको जीवनस्तर उकास्ने र कृषि तालिम सेन्टरको रुपमा विकास गर्ने, आइपीएम कक्षा सञ्चालन गर्ने योजनाका साथ संरचना तयार गरेका थियौँ”, पूर्व प्रमुख श्रेष्ठले भने, “तर कर्मचारीको अकर्मण्यताले प्रयोगविहीन बन्यो ।” वर्षातको समयमा समेत पानी नजम्ने र तरकारी खेतीका उपयुक्त जमिन रहेकाले पालिकाले तत्काल सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

नगरपालिकाका रोजगार संयोजक टीकाराम पाण्डेले एक वर्ष मात्र उक्त जमिन बाँझो रहेको बताउँदै हाल सयपत्री फूलको बेर्ना र बोडी खेती भइरहेको जानकारी दिए । उनले पालिकाको कृषि शाखाले श्रमिकको सहयोगमा हाल दुई कठ्ठा जमिनमा सयपत्री फूलको बेर्ना र आठ कठ्ठा जमिनमा मलसिङ (प्लास्टिक ओछ्याएर) प्रविधिको प्रयोग गरेर बोडी खेती गरिरहेको बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका कार्यक्रम विपन्न परिवारका लागि अल्पकालीन भएकाले उनीहरुको दीर्घकालीन आयस्रोत गराउने उद्देश्यले यो परियोजना सुरु गरिएको पाण्डेको भनाइ थियो ।

“उनीहरुले दुई वर्षसम्म लगानी गरेर तरकारी उत्पादन गरे, राम्रो उत्पादन भयो”, उनले भने, “बजारीकरणको समस्याका कारण लगानी डुब्ने डरले गतवर्ष काम गरेनन् । पुनः अहिले कृषि शाखाको अगुवाइमा काम सुरु गरेका छौँ ।”

पाण्डेका अनुसार नमुना कृषि पाठशालाको रुपमा यस स्थानलाई विकास गरेर पालिकाभरिका किसानलाई आवश्यक पर्ने कृषिजन्य वस्तुको बेर्ना उत्पादन र वितरण गर्ने योजना अनुरुप पूर्व नगरप्रमुख श्रेष्ठले यसको स्थापना गरेका थिए ।

यहाँबाट उत्पादन गरिएका तरकारीलगायत कृषिजन्य वस्तुको बजारीकरण पालिकाले निर्माण गरेका सटरमा राखेर बिक्री गरिने उनले बताए । उनले भारतीय तरकारीलाई विस्थापित गरेर नगरमै अर्ग्यानिक तरकारी उत्पादन गर्ने अबको लक्ष्य रहेको जानकारी दिए ।

Tags: #कृषि#झापा#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा
समाचार

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
0

धनकुटा : धनकुटा प्रहरीले कोशी लोकमार्गबाट ७७५ केजी गाँजासहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ। लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा...

निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो
समाचार

हात्ती गाउँ पस्दा उदयपुरमा ६ परिवार विस्थापित, अन्नपातसमेत नष्ट

by टाकुरा न्यूज । इटहरी
असार १५, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ । कुमाङमा गए राति जङ्गली...

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

असार १५, २०८३
इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

असार १५, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

जेनजी आन्दोलनपछि रोकिएको ७९ जना स्वकीय सचिवको पारिश्रमिक दिन कोशी सरकारको निर्णय

असार १५, २०८३
खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

खोटाङ : निर्माणाधीन अस्पताल भवन अलपत्र

असार १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

भेडेटारमा मिनी ट्रकबाट ७७५ किलो गाँजा बरामद, इटहरीका कुँवर प्रहरी नियन्त्रणमा

असार १५, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

हात्ती गाउँ पस्दा उदयपुरमा ६ परिवार विस्थापित, अन्नपातसमेत नष्ट

असार १५, २०८३
अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

अर्नादेखि डल्फिनसम्मको आश्रयस्थल कोशी टप्पु, पूर्वाधार अभावले पर्यटन सुस्त

असार १५, २०८३
इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगर र दुई लाखभन्दा बढी नगद बरामद, दुई जना पक्राउ

असार १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    742 shares
    Share 297 Tweet 186
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.