इटहरी : इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरू आन्दोलित बनेका छन् ।
आफूले बचत गरेको रकम फिर्ता गर्न माग गर्दै बचतकर्ताहरू आन्दोलित बनेका हुन् । सयौँको सङ्ख्यामा बचतकर्ताहरूले बचत गरेको रकम फिर्ता दिन सहकारीद्वारा आनाकानी गरेको भन्दै सहकारीविरुद्ध आन्दोलन थालेका छन् ।
बचतकर्ताहरू आन्दोलित हुँदै आइतबार (आज) जिल्ला सदरमुकाम इनरुवास्थित प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय घेराउ गरेका छन् ।
सहकारी पीडितहरूले अम्बे कोशी बचत पीडित संर्घष समिति बनाएर सहकारीबाट आफूहरूले जम्मा गरेको बचत रकम फिर्ता पाउनुपर्ने, सहकारीको लुटधन्दा बन्द गर्नुपर्ने मागसहित प्रशिक्षण कार्यालय घेराउ गरेका हुन् ।
बचतकर्ताको रकम फिर्ता गर्न, सञ्चालक समितिको तीन पुस्ते सम्पत्ति रोक्का गर्न, लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न, सञ्चालक समिति मुर्दावाद लेखिएको प्लेकार्ड सहित बचतकर्ताहरू आन्दोलित भएका स्थानीय नवीनचन्द्र अधिकारीले बताए ।
संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै आइतबार सहकारी पीडित संर्घष समितिले कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् ।
सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा पाँच हजार बढी सेवाग्राहीहरू मर्कामा परेका छन् । बचतकर्ताको रकम फिर्ता दिनुपर्ने उल्टै बजारमा दैनिक र साप्ताहिक बचत सङ्कलन गर्ने गरेको भन्दै उनीहरूले सहकारीलाई कारबाही गर्न समेत माग गरेका छन् ।














Discussion about this post