झापा : झापाको दुई छुट्टाछुट्टै स्थानबाट तीनजनालाई प्रहरीले प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर नगरपालिका ६ का २० वर्षीय सुजन बिश्वकर्माको साथबाट १ ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले झापाको शिवसताक्षी नगरपालिका ११ दूधेस्थित बस काउन्टरबाट प्रदेश १–०१–०१३ प ६५८१ नम्बरको स्कुटरमा चामलको बोराभित्र प्लास्टिकले पोको पारी लुकाई छिपाई ल्याएको ९ ग्राम ७ सय ७० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित शिवसताक्षी नगरपालिका १ धरमपुरका २९ वर्षीय साजन राई र ३५ वर्षीय सुन्दर लावतीलाई पक्राउ गरेको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post