ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा सिसी क्यामरा जडान गरिएको छ ।
पाथीभरा दर्शनमा आउने दर्शनार्थीको सुरक्षा तथा भेटी व्यवस्था निगरानीका लागि सिसी क्यामरा जडान गरिएको हो ।
दर्शनार्थीका सुरक्षा तथा भेटी व्यवस्थापनलाई मजबुत ९चुस्त० बनाउने उद्देश्यसहित पाथीभरा क्षेत्रमा सिसी क्यामरा जडान गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार पाथीभरा मन्दिर परिसर तथा तीर्थयात्रीको बासस्थान रहने फेदी बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएको छ ।
तीर्थयात्री बस्ने मुख्य बासस्थान रहेको पाथीभरा क्षेत्रको माथिल्लो फेदी र मन्दिर परिसरमा सिसी क्यामरा जडान गरिएको उनले बताए ।
उनकाअनुसार मन्दिर परिसरमा चार र माथिल्लो फेदीमा चार गरी आठ वटा सिसी क्यामरा जडान गरिएको छ ।
क्यामरा जडान भएपछि तीर्थयात्रीको सुरक्षामा सहयोग पुग्नुका साथै तीर्थयात्रीले चढाएको वा दान गरेको भेटी रकमलगायतका सामग्रीको सुरक्षामा सहयोग पुग्ने अपेक्षा राखिएको उनको भनाइ छ ।












Discussion about this post