बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र मन्दिर जाने सडक खण्डबाट एक सय २० केजी गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चार जना भारतीय नागरिक र दुई जना नेपाली रहेका छन् ।
भारततर्फ लैजान लागेको गाँजा विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नंं. १ वराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँको कमाण्डमा खटिएको टोलीले सुमो गाडीसहित नियन्त्रणमा लिएको जनाएको छ ।
गाँजा ओसारपसारमा संलग्न रहेका भारतीय नागरिक अररिया जिल्ला बत्नाह बस्ने वर्ष ३६ को मोहम्मद सिराज (सवारी चालक), अररिया फेना बस्ने वर्ष २० को अस्ताजु आलम वर्ष १९ को नसिम आलम र अररिया जिल्ला शहर्सा बस्ने वर्ष ५२ को ओमप्रकाश रजकलाई सशस्त्रले नियन्त्रणमा लिएको हो ।
यस्तै, सुनसरीको देवानगञ्ज गाउँपालिका वडा ५ बस्ने वर्ष २० को शिवमकुमार साह र देवानगञ्ज ५ कै ३१ वर्षीय ओमप्रकाश साहलाई पनि पक्राउ गरिएको बताइएको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post