Wednesday, July 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

विराट गोल्डकप : ‘सडन डेथ’ मा मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०८२
in खेलकुद, समाचार
0
विराट गोल्डकप : ‘सडन डेथ’ मा मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा
66
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहिद रंगशालामा सोमबार भएको रोमाञ्चक तेस्रो क्वाटरफाइनलमा पूर्व विजेता मछिन्द्र फुटबल क्लबलाई ‘सडन डेथ’ मा पराजित गर्दै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो सडन डेथबाट गरिएको थियो । टाइब्रेकरमा दुवै टोलीबाट ५–५ गोलको बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो ।

सडन डेथमा पुलिसका सुजन मगरले गोल गर्दा मछिन्द्रका श्याम मुर्मुको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले बचाएका थिए ।

पुलिसलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका गोलरक्षक शत्रुधन खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।

टाइब्रेकरमा पुलिसका तर्फबाट राम वाजी, सञ्जीव लामा, भरत शाह, जोन विष्ट र गोलकिपर शत्रुधन चौधरीले गोल गरे । मछिन्द्रका तर्फबाट रोहित चन्द, दिवाकर चौधरी, रोमन भुजेल, विशाल भण्डारी र देवेन्द्र तामाङले गोल गरेका थिए ।

यसअघि प्रतिस्पर्धात्मक खेलको २९ औँ मिनेटमा धिरेन्द्र शाहको गोलबाट पुलिसले अग्रता लिएको थियो ।

ओसेन्द्र कटुवालको पासलाई सदुपयोग गर्दै उनले टिमलाई अग्रता दिलाएका थिए । तर, पुलिसको त्यो खुसी धेरै समय टिक्न सकेन । खेलको ३४ औँ मिनेटमा मछिन्द्रका सौरभ लिम्बूले डिबक्स भित्रबाट हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

खेलको ६५ औँ मिनेटमा मछिन्द्रका जुसर विश्वकर्माको कडा प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

७० औँ मिनेटमा पुलिसका विजय उरावले गोलरक्षकसँगको वान–भर्सेस–वानको अवस्थामा गोल गर्न चुके भने ७५ औँ मिनेटमा सञ्जीव लामाको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले विफल तुल्याएका थिए ।

नेपाल पुलिस क्लब विराट गोल्डकपको २०७२ सालको विजेता हो । यता, २०८२ सालको विजेता मछिन्द्र भने यसपटक पहिलो खेलबाटै बाहिरिन पुगेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनल खेल घरेलु टोली सम्राट स्पोर्टिङ क्लब र भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीबीच हुने आयोजकले जनाएको छ ।

Tags: #खेलकुदगोल्डकपविराट गोल्डकप
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै
FEATURE BREAKING

सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक घटनापछि तनावग्रस्त बनेको क्षेत्रलाई वार्ता र संवादमार्फत सामान्य अवस्थामा फर्काउने प्रयास...

आज गुरू पूर्णिमा
विविध

श्रद्धा र सम्मानका साथ आज गुरु पूर्णिमा मनाइँदै

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

आज देशभर गुरु पूर्णिमा पर्व श्रद्धा, सम्मान र विविध कार्यक्रमका साथ मनाइँदैछ। आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज गुरु पूर्णिमाका दिन...

खोटाङको राजापानीमा बाघ आतङ्क

आज विश्व बाघ दिवस : गणना सार्वजनिक गरिदैँ, यसरी सर्वेक्षण गरिएको थियो यस वर्ष

साउन १३, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मोरङमा ट्रकको चक्कामुनि परेर एक जनाको मृत्यु

साउन १३, २०८३
देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

साउन १२, २०८३
सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

सुनसरीका सीडीओ भन्छन्– ‘कुनै पनि मानवीय वा भौतिक क्षति हुन दिँदैनौ’

साउन १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

साउन १३, २०८३
आज गुरू पूर्णिमा

श्रद्धा र सम्मानका साथ आज गुरु पूर्णिमा मनाइँदै

साउन १३, २०८३
खोटाङको राजापानीमा बाघ आतङ्क

आज विश्व बाघ दिवस : गणना सार्वजनिक गरिदैँ, यसरी सर्वेक्षण गरिएको थियो यस वर्ष

साउन १३, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मोरङमा ट्रकको चक्कामुनि परेर एक जनाको मृत्यु

साउन १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.