झापा : झापाको मेचीनगर नगरपालिका ६ मेची पुलबाट नियत्रितत लागूऔषध खैरोहेरोईनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका ४ का ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका ७ का ४२ वर्षीय अमृत श्रेष्ठ रहेका छन् ।
उनीहरूलाई ४ ग्राम ५ सय मिलिग्राम लागूऔषध खैरोहेरोईनसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।













Discussion about this post