Saturday, April 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुकेटार–काफ्लेपाटी सडकखण्ड : कालोपत्र गर्ने काम अलपत्र

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १६, २०८०
in समाचार
0
सुकेटार–काफ्लेपाटी सडकखण्ड :  कालोपत्र गर्ने काम अलपत्र
92
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत  सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ ।

लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्का लागेको दुई वर्षसम्म पनि कामको प्रगति भने निराशाजन रहेको छ ।

पाथीभरा जाने बाटोको गुप्ते क्षेत्रमा निर्माण कम्पनीका आवश्यक उपकरण खिया लागरे बेवारिसेजस्तै बनेको देख्न सकिन्छ  । पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीको सास्ती उस्तै छ । कालोपत्र हुने सडको स्तरोन्नति खासै भएको देखिँदैन । ठेक्का सम्झौता समयावधि सकिन अब आठ महिना मात्र छ, तर अहिलेसम्म प्रगति भने ११ प्रतिशतमात्र भएको जनाइएको  छ ।  दुई वर्ष छ महिनामा सक्ने गरी काठमाडौँको कन्टेक प्रालिले कालोपत्रको ठेक्का लिएको थियो ।

सो कम्पनीसँग विसं २०७८ पुस ११ गते सुकेटारबाट काफ्लेपाटीसम्मको १० किलोमिटर कालोपत्र गर्ने ठेक्का सम्झौता भएको थियो । रु ९५ करोडको ठेक्का खुलेकामा कन्टेकले रु ४१ करोड ७६ लाख ४७ हजार अर्थात् ४६ प्रतिशत घटीमा ठेक्का पारेको थियो ।

विसं २०८१ को जेठ मसान्तसम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सोअनुसार हालसम्म करिब ७० प्रतिशत काम सकिसक्नुपर्नेमा ११ प्रतिशत पनि नभएको ताप्लेजुङ उत्तर–दक्षिण ओलाङचुङगोला सडकका सबइन्जिनीयर यहोसु लिम्बूले बताए ।

कामका लागि जति ताकेता गरे पनि ठेकेदार कम्पनीले अटेर गरेर काममा ध्यान नदिएको उनले बताए । सडकको काम समयमै सकिने सम्भावना ज्यादै न्यून रहेको उनको भनाइ छ ।

सडक कालोपत्रका लागि आवश्यक कच्चा पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको समस्या भएकाले कामले गति लिन नसकेको निर्माण कम्पनी कन्टेकका इन्जिनीयर मदन कत्यादले बताए । उनले भने, “बालुवा यहाँ नजिकै पाइँदैन, काबेलीबाट ल्याउनुपर्छ । दिनमा टिपरले दुःखले दुईपटक मात्र ल्याइपुर्याउँछ । ढुङ्गा पनि यस क्षेत्रमा नपाइने भएकाले अपेक्षा गरेजस्तो काम हुनसकेको छैन ।”

ठेकोदारले काम नगर्दा पाथीभरा जाने सडक कालोपत्र नहुने स्थितिमा पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । पाथीभरा जाने सडकका विषयमा गत १४ गते आइतबार सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, सांसद योगेश भट्टराई, निर्माण व्यवसायी गणेश मैनालीसहित सम्बधित विभागका प्रमुखको उपस्थितिमा निर्माण कम्पनीले तत्काल यातायाता सहज बनाउन काम सुरु गर्ने समहति भएको सडक विभागले जनाएको छ ।

सात दिनसम्ममा पनि काम सुरु नगरे योजना कार्यालयले विभागीय प्रक्रियाबाट सो कार्य गर्दा लागेको खर्च निर्माण कम्पनीको धरौटी बिल कट्टा गर्ने सहमति भएको सडक विभागले जनाएको छ ।

सडक निर्माणको प्रगति न्यून भएकाले निर्माण कम्पनीले ठेक्का सम्झौता मितिसम्ममा के–कसरी निर्माण सम्पन्न गर्न सकिन्छ सोको कार्यतालिकासहित सात दिनभित्र सडक विभागमा प्रतिवेदन बुझाउनुपर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । तीन महिनाभित्र उल्लेख्य कामको प्रगति नभएमा नियमानुसार कारबाही प्रक्रिया अघि बढाउने विभागले जनाएको छ ।

सदरमुकाम फुङ्लिङबाट सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्र भएको छ । पाथीभरा जाने सडक कालोपत्र भएपछि पूजापाठ गर्न आउने तीर्थयात्रीको सङ्ख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिले अपेक्षा लिएको थियो । अहिले वार्षिक तीन लाख हाराहारीमा तीर्थयात्रीले पाथीभरामा दर्शन तथा पूजापाठ  गरेका छन् । सुकेटारबाट काफ्लेपाटीसम्म सडक कालोपत्र भएमा करिब ३५ प्रतिशत तीर्थयात्री बढ्ने समितिले अपेक्षा राखेको थियो ।

हाल कच्ची सडक भएका कारण सुकेटारदेखि सवारीसाधन नजाने हुँदा तीर्थयात्रीको यात्रा सकसपूर्ण रहँदै आएको छ । तीर्थयात्री आफैँले लिएर आएको साना गाडी कच्ची सडकमा नजाने हुँदा सुकेटारबाट स्थानीय गाडीमा जानुपर्ने अवस्था रहेकाले तीर्थयात्रीले निकै सास्ती खेप्दै आएका छन् ।

पाथीभारा क्षेत्रको सडक कालोपत्र भए जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने र यसले समग्र जिल्लाको आम्दानीसमेत बढ्ने होटल व्यवसायीको अपेक्षा थियो ।

Tags: #ताप्लेजुङ#राससकालोपत्रे
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
FEATURE BREAKING

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

by रासस
बैशाख ४, २०८३
0

सुनसरी : सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र...

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
खेलकुद

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ४, २०८३
0

विराटनगर : घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।...

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३
शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

बैशाख ३, २०८३
त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

बैशाख ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

बैशाख ४, २०८३
विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

बैशाख ४, २०८३
प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1249 shares
    Share 500 Tweet 312
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    464 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.