इटहरी : इटहरी ६ मा रहेको मोर्डन प्रिपेरेटोरी सेकेण्डरी स्कूलका विद्यार्थीहरूले उदयपुरगढी शैक्षिक भ्रमण गरेका छन् ।
मोर्डन स्कूलले उदयपुर जिल्लाको उदयपुरगढीमा कक्षा ६, ७, ८ का ८० जना बढी विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको हो ।
नेपालटारबाट करिब ३० मिनेटको उकालो बाटोको यात्रा गरेर विद्यार्थीहरू उदयपुरगढी पुगेका थिए । शैक्षिक अवलोकन गर्दा आँफूमा किताबी ज्ञानबाहेकको नयाँ सिकाइ भएको विद्यार्थीहरूले बताएका थिए ।
विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञानको समेत विकास होस भनेर भ्रमण गराइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव वाग्लेले जानकारी दिए ।
विद्यार्थीहरूलाई कक्षा कोठाभित्र मात्र ज्ञान सिकाएर नहुने बताउँदै उनले उदयपुरगढी भ्रमण लगिएको बताए ।
उदयपुरगढी गाउँपालिका ५ मा पर्ने उदयपुरगढी उदयपुरको पुरानो सदरमुकाम पनि हो ।
उदयपुरको नामसँग उदयपुरगढीको मातृसम्बन्ध रहेको पाइन्छ । उदयपुर जिल्लाको नामकरणदेखि सदरमुकामसम्मको इतिहास उदयपुरगढीसँग जोडिएको छ ।














Discussion about this post