झापा : झापाको माइधारमा आज (बिहीबार) बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत माइधारमा भएको दुर्घटनामा स्कुटरमा सवार तीन जना गम्भीर घाइते भएकोमा एक जनाको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको नाम, थर, वतन खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्रदेश १–०१९०१६ प ४२८८ नम्बरको स्कुटर र पश्चिमतर्फ जाँदै गरेको एनएमसी डेरीको मे १ च ५८६८ बुलेरो एकापसमा ठक्कर हुँदा स्कुटरमा सवार तीन जना गम्भीर घाइते भएका थिए ।
उनीहरू कसैको पनि परिचय खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post