ओखलढुंगा : बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर रकम असुलेर ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका थाक्लेका सुमन बाँस्कोटा फरार भएका छन् ।
सुनकोशी गाउँपालिका ४ जेरुङघाटका १४ घर परिवारलाई बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर रकम असुलेर बाँस्कोटा छ महिनादेखि फरार रहेको स्थानीयको भनाइ छ ।
बाँस्कोटाले जेरुङघाटका १४ घर परिवारबाट प्रतिपरिवार तीन हजारका दरले ४२ हजार रकम लिएर फरार भएको जेरुङघाटका राजीव राईले बताए । गत वैशाखमा बास्कोटाले बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर स्थानीयबाट रकम असुलेर लगेको राईको भनाइ छ ।
यस विषयमा चाँडै बाँस्कोटालाई सम्पर्कमा ल्याएर सत्य, तथ्य छानबिन गरी कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए ।














Discussion about this post