इटहरी (डेस्क) : दुई दिनअघि सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टीबाट पक्राउ परेका हिन्दु धर्मगुरु श्रीनिवासाचार्य रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई पाँच सय रुपैयाँ जरिवाना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए ।
असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको विरोध कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभियोगमा उनीमाथि मुद्दा चलाइएको हो ।
उनले गल्ती स्वीकार गरेपछि जरिवाना तिरेर छाडिएको डीएसपी अवाले बताए ।













Discussion about this post