झापा : झापाको बाह्रदशी गाउँपालिका २ निवासी २० वर्षीय अजय शर्मा खत्वे बलात्कार आरोपमा पक्राउ परेका छन् ।
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । आरोपित खत्वेले एक किशोरीलाई सात दिनसम्म करणी गरेको आरोप लागेको छ ।
खत्वेले ती किशोरीलाई खोटाङको दिक्तेल–रुपाकोट मझुवागढी १ मा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
किशोरीको उजुरीको आधारमा पक्राउ परेका खत्वेलाई झापाबाट खोटाङ नै पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आरोपित खत्वे र पीडित भनिएकी किशोरीबीच प्रेमसम्बन्ध रहेको र उनीहरूले भागी विवाह गरेको स्रोतले बताएको छ ।
तर, पीडित भनिएका किशोरीको परिवारबाट विवाह गरिदिने भन्दै उनीहरूलाई फकाएर घर बोलाएको र बलात्कार आरोपमा पक्राउ गराइएको स्रोतले बतायो ।











Discussion about this post