Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

चित्रकारको क्यानभासमा खोटाङ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २१, २०८०
in समाचार
0
चित्रकारको क्यानभासमा खोटाङ
96
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : लातभियाकी चित्रकार आन्दा पैकानेले किरात ऐतिहासिकस्थल मझुवागढीमा आयोजित कार्यक्रम हेर्न आफ्ना बालबालिकासित आएकी एक महिलाको चित्र क्यानभासमा दुरुस्त उतारिन् । एकपटक हेरेकै भरमा उनले ती महिला चित्र क्यानभासमा उतारेकी हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनु आर्ट स्टुडियो काठमाडौँले दिक्तेलमा आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रममा काठमाडौँबाट आएका चित्रकार रतनकुमार राईले मझुवागढीकै चित्र डिजिटल क्यामेराले खिचेको तस्वीर जत्तिकै प्रस्ट देखिने गरी क्यानभासमा उतारेका छन् ।

किराती राजा रणवीर हाङले विसं १८०४ सम्म राज्यसत्ता सञ्चालन गरेको ऐतिहासिकस्थल मझुवागढीको भग्नावशेष हेरेर चित्रकार राईले क्यानभासमा त्यसैको चित्र जस्ताको तस्तै उतारेका छन् ।

अमेरिकाकी चित्रकार एवं प्रोफेसर जोय वल्फले दिक्तेल बजारस्थित किरातचोकको एउटा घरको बार्दलीबाट देखिने दृश्यलाई क्यान्भासमा उतारेकी छन् । घरको बार्दलीमा कुर्सी राखेर बस्दा अगाडि पूर्वतर्फ जे दृश्य देखियो, त्यही दृश्यलाई चित्रमा उतार्न तल्लिन प्रोफेसर वल्फले डेढ घण्टाभित्रै आफ्नो अगाडि देखिएका दृश्यको दुरुस्त चित्र क्यान्भासमा  उतारिन् ।

पाँचदिने चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा सहभागी हुन काठमाडौँबाट खोटाङ आएका चित्रकार विजय थापाले पनि सोही घरको बार्दलीबाट अगाडि देखिएका दृश्यलाई क्यान्भासमा जस्ताको तस्तै उतारेका छन् । चित्रकार थापाले दिक्तेल बजार प्रवेशद्वार र त्यसको पृष्ठभूमिलाई तस्वीरझैँ उतारेका हुन् ।

यही असोज १७ गतेदेखि दिक्तेलमा सञ्चालन भएको कार्यक्रममा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त चित्रकारले मझुवागढी, किरातचोक, भवनगैरा, हाटडाँडा, शङ्खधर साख्वाचोक, शुभम् फाउन्डेसन र जालपा पुगेर फरक–फरक दृश्यका प्रत्यक्ष चित्र कोरेका छन् ।

कतिपय चित्रकारले अगाडि जे देखिन्छ त्यही दृश्यलाई क्यान्भासमा उतारेका छन् भने कतिपयले आफ्नो मोबाइलमा कैद गरिएका तथा जिल्ला अन्य स्थानीय तहबाट सङ्कलन गरिएका राम्रा दृश्यलाई र कोहीले आफ्नै इच्छाअनुसार चित्रहरू कोरेका छन् ।

स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रमा समग्र खोटाङको तस्वीर झल्किएको नगरप्रमुख तीर्थराज भट्टराईले प्रतिक्रिया दिएका छन् । “चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमले नगरपालिकाको मात्र नभई समग्र खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा परिचित गराउँदै यहाँको संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने हाम्रो प्रमुख उद्देश्य हो”, उनले भने, “नेपालसहित १४ देशबाट आएका ख्यातिप्राप्त चित्रकारले समग्र खोटाङको चित्र कोरेका छन् । यसमा हामी सफल भएका छौँ ।”

चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका गरी ४३ जना चित्रकार खोटाङ आएका छन् ।

स्वदेश तथा विदेशमा ख्यातिप्राप्त चित्रकारले उतारेका पेन्टिङ चित्रलाई जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सरस्वती नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा साङ्गीतिक कार्यक्रम, स्थानीय परिकारको स्टल, सांस्कृतिक झाँकी, नृत्य प्रदर्शनसहित प्रदर्शनी गरिएको छ ।

स्वदेश तथा विदेशमा समेत ख्यातिप्राप्त चित्रकारले तयार पारेका चित्र प्रदर्शनी कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्र–छात्राले तयार पारेका चित्रलाई पनि समावेश गराइएको नगरपालिकाले जनाएको छ । जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको रु १८ लाख खर्चमा चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको हो ।

जिल्लामै पहिलोपटक दिक्तेलमा आयोजना गरिएको प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम हजारौँले अवलोकन गरेका छन् । प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम अवलोकन गर्न आएका अधिकांश सहभागीले नगरपालिकाको यो कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।

स्वदेश तथा विदेशका चित्रकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौँस्थित आर्ट ग्यालरीमा लगेर प्रदर्शनी गर्ने योजना बनाइएको नगर उपप्रमुख विशन राईले बताए । “स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्र हाम्रो नगरपालिकाको सम्पत्ति हो ।

यसलाई नगरपालिकाको लगानीमा सङ्ग्रहालय बनाएर राख्ने योजना बनाएका छौँ”, उनले भने, “चित्रकारले प्रत्यक्ष कोरेका यी चित्र नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत हो । तत्कालका लागि प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले इतिहास निर्माण गरेका छौँ ।”

नगरपालिकाले आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रम ऐतिहासिक भएको बुद्धिजीवीहरूको प्रतिक्रिया छ । चित्रकारले क्यानभासमा कोरेका चित्र सामाजिक सञ्जाल ‘फेसबुक’मा राख्दै उनीहरूले आयोजकलाई धन्यवाद दिइरहेका छन् ।

नेपाल सरकारका सङ्घीय खेलकुदमन्त्री डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा आज आयोजना गरिएको समापन कार्यक्रममा ‘राई इज किङ’ उपाधि प्राप्त चर्चित गायक राजेशपायल राईले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए । गायक राईको साङ्गीतिक प्रस्तुतिमा स्वदेश तथा विदेशका चित्रकार छमछमी नाचेका थिए ।

Tags: #खोटाङ#राससचित्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
समाचार

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.