झापा : झापाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका ३ स्थितमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ९ का ३० वर्षीय मोहन टुडु, ३७ वर्षीय सोम मर्डी र ३२ वर्षीय अंकित भन्ने डिल्लीबहादुर खड्कालाई प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ९८ ग्राम २ सय ४० मिलिग्रामसहित पक्राउ गरेको हो ।
यसैगरी झापाको गौरीगञ्ज गाउँपालिका २ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–०१५ प ६७४६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा चालक दमक ५ का २५ वर्षीय प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारी स्कुटरसहित नियन्त्रणमा लिएको हो ।
लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post