Wednesday, June 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर : पक्की विद्यालय भवन निर्माणले पठनपाठनमा सहज

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८०
in समाचार
0
भोजपुर : पक्की विद्यालय भवन निर्माणले पठनपाठनमा सहज
97
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भूकम्पबाट जीर्ण बनेको भवनमा पढ्दै आएका विद्यार्थीलाई पक्की भवन बनेपछि सहज भएको छ । पौवादुङमा गाउँपालिका–३ को पञ्चकन्या माध्यमिक विद्यालयमा पक्की भवन बनेपछि पठनपाठनमा सहज भएको हो ।

नेपाल सरकार तथा साउदी अरब सरकारको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको हो । १२ कोठा रहेको भवन भ्याटबाहेक रु तीन करोड २४ लाख लागतमा निर्माण गरिएको छ । भवन निर्माणका लागि रु पाँच करोडको बोलपत्र आह्वान भएको थियो ।

प्रधानाध्यापक रामकुमार राईले भूकम्पबाट जीर्ण बनेको भवनको ठाउँमा नयाँ भवन बनेपछि सहजता भएको विद्यालयका बताए ।

“भूकम्पले जीर्ण बनाएको भवनमा पठनपाठन गराउन समस्या थियो”, उनले भने, “अहिले सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन बनेको अवस्था छ, यसले हामीलाई पठनपाठन गराउन सहजता थपिएको छ ।”

भवन निर्माणले भावी दिनमा विद्यालयको शैक्षिक सुधारका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्न ऊर्जा मिलेको उनको भनाइ छ ।

“विद्यालयमा यो भवन बन्नु हाम्रा लागि गौरवको कुरा हो”, उनले भने, “यसले विद्यालयलाई थप हौसला मिलेको छ, अबका दिनमा गुणस्तर सुधारमा योजनाबद्धरुपमा थप काम गर्छौं ।”

नवनिर्मित विद्यालय भवनको गाउँपालिका अध्यक्ष किरण राईले उद्घाटन गरेका छन् । गाउँपालिका अध्यक्ष राईले धेरै समयको अथक प्रयासपछि नमुना भवन निर्माण गर्न सफल भएको बताए ।

“धेरै समयको मेहनतपछि नमुना विद्यालय भवन निर्माण गर्न सफल भएका छौँ”, अध्यक्ष राईले भने, “भवन निर्माणका लागि १७ महिना काठमाडौँका विभिन्न मन्त्रालय तथा कार्यालय धाएको छु, यो भवनका लागि हामीले निकै मेहनत गरेका छौँ ।”

गाउँपालिकाको शैक्षिक सुधारका लागि योजनाबद्धरुपमा काम भइरहेकाले यसबाट गुणात्मक परिणाम लिन सबै जिम्मेवार बन्नुपर्ने आवश्यक रहेको अध्यक्ष राईले बताए । गाउँपालिकाले प्राविधिकसँगै आधुनिक शिक्षामा जोड दिएको उनको भनाइ छ ।

गाउँपालिकाले पाएको कुशल नेतृत्वको कारण विकासले गतिलिएको भूतपूर्व विद्यार्थी सङ्घका सचिव काजीमान थापाले बताए । भूतपूर्व विद्याथीहरुले पनि विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्ने उनले बताए ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रुद्र राईले जिल्लामा नै नमुना भवन बनेको बताए । भवन निर्माणका लागि गाउँपालिकाले खेलेको भूमिका प्रशंसायोग्य रहेको उनको भनाइ छ । विद्यालयको शैक्षिक सुधारका लागि काम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईले जानकारी दिए ।

Tags: #भोजपुर#राससविद्यालय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम
विविध

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

विराटनगर : कोशी प्रदेशका पर्यटकीय क्षेत्रको सुरक्षा तथा पर्यटकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको सातदिने ‘पर्यटक प्रहरी...

चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु
समाचार

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

झापा : झापाको गौरीगञ्जमा मङ्गलबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ निवासी ३० वर्षीय...

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

१० महिनापछि काँकरभिट्टा नाकामा ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालन

असार ९, २०८३

जेनजी आन्दोलनमा कारागारबाट फरार युवक इटहरीमा ब्राउनसुगरसहित पक्राउ

असार ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

असार ९, २०८३
चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

असार ९, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    353 shares
    Share 141 Tweet 88
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.