यसै बर्ष हुने तय भएको दक्षिण एशियाली मुलुकहरुबीचको फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप एक बर्षका लागि स्थगित भएको छ ।
कोभिड–१९ को संक्रमण जोखिमका कारण बंगलादेशमा गर्न लागिएको १३औं संस्करणको प्रतियोगिता एक वर्ष पछि सरिएको हो ।
सन् २०२१ को कुन महिनामा प्रतियोगिता गर्ने भन्ने बारेमा भने निर्णय भइसकेको छैन् । बंगलादेशले यस बर्ष लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको थियो ।
सन् २०१८ को १२ औं साफ पनि बंगलादेशको ढाकामा भएको थियो ।














Discussion about this post