मोरङ : मोरङमा पेस्तोल र गोलीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडीभित्र पेस्तोल र गोलीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको हरिपूर्वा नगरपालिका ७ का २७ वर्षीय रवीन्द्रकुमार यादव रहेका छन् ।
मोरङको धनपालथान गाउँपालिका २ पैठामा पार्किङ गरेर राखेको बीआर ०६ पीए १३६२ नम्बरको स्कोरपिओभित्र पेस्तोल र गोली फेला परेपछि यादवलाई गएपक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
स्कोरपिओको ड्यासबोर्डभित्र कालो कपडाले बेरेर राखेको अवस्थामा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले कटुवा पेस्तोल र गोली भेटेको हो ।
पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।













Discussion about this post