सुनसरी : सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।
मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका २ घर भई कोशी गाउँपालिका ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो ।
घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post