झापा : झापाको दमक नगरपालिका ३ बेलडागीस्थितबाट लागूऔषध खैरोहेरोईनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बाघखोर झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले इलामको चुलाचुली गाउँपालिका ५ का २२ वर्षीय प्रदीप लिम्बू र ३१ वर्षीय राजु दर्नाललाई ३ ग्राम लागूऔषध खैरोहेरोईनसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ।













Discussion about this post