Friday, September 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

रामपुरमा पौराणिक लोकसंस्कृति ‘बालन’ संरक्षण गर्न युवा पिँढीलाई आग्रह

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८०
in विविध, समाचार
0
रामपुरमा पौराणिक लोकसंस्कृति ‘बालन’ संरक्षण गर्न युवा पिँढीलाई आग्रह
128
SHARES
Share on FacebookShare on Twitter

ओखलढुङ्गा : ओखलढुङ्गा रामपुर निवासी अठहत्तर वर्षीय गणेश काफ्ले पुर्खाले जारी राखेको पौराणिक लोकसंस्कृति ‘बालन’ मासिने हो कि भनेर चिन्तित हुनुहुन्छ ।

समवयी उद्धव दाहाल ‘कटहरे माइला’ पनि लोकसंस्कार संरक्षण र प्रवद्र्धनप्रति युवा पुस्ताको वितृष्णा देखेर उत्तिकै चिन्तित हुनुहुन्छ ।

उहाँहरु नयाँ प्रविधि र यसले दिएको क्षणिक आनन्दमा युवा तथा केटाकेटीहरु भुलिएकाले बालन पूर्णरुपमा मासिन सक्ने तर्क गर्दै युवा पिँढीलाई सचेत गराउनुहुन्छ । तर, उचित प्रतिक्रिया नपाउँदा भने नरमाइलो लागेको बताउनुहुन्छ । युवा अवस्थामा सक्रिय बालन खेलाडी कटहरे माइला सुनाउनुहुन्छ, “म उनान्असी वर्षको भएँ । त्यसैले अब बालन खेल्न सक्दिन, तर युवाले खेल्ने जाँगर चलाए अझै पनि दुई घण्टासम्म दर्शनार्थी चाहिँ हुनसक्छु ।” अहिलेको पिँढीले बालनप्रति कम चासो राखेको कुरा उहाँलाई फिटिक्कै चित्त बुझेको छैन ।

“प्रायः धर्मकार्यमा आयोजना गरिने बालन एक किसिमको पौराणिक कहानी हो । यो सीता भारत हो । राम सीताको बयान भएको यस कहानीलाई धार्मिक नाटक पनि भनिन्छ । पहिले पहिले सयौँ मानिस भेला भएर बालन हेर्थे । अब यो चलन निक्कै पातलियो, जुन राम्रो होइन”, काफ्लेले सुनाउनुभयो ।

सोही उमेर समूहका अर्का बालन खेलाडी पद्मप्रसाद दाहाल थप्नुहुन्छ, “आजभोलिका बालन खेलाडीको सीप कमजोर छ । बालन खेलाडीले सीता भारत कन्ठस्थ पार्नुपर्छ । छरितो शरीरसहित फूर्तिलो प्रस्तुति दिन सक्नुपर्छ । बोल्ने कुरा हाउभाउमा देखिनै पर्छ । पहिले जस्तो बालन आयोजना नभएको मात्र होइन, अहिलेका खेलाडी व्यावशायिक बन्न खोज्दा पनि यो संस्कृति ओझेल पर्दै गएका छ ।” रामपुर गाउँमा उहाँहरु बालन खेलको दोस्रो पुस्ता हुनुहुन्छ ।

त्यसै गरी, आफूले बालन खेलको तेस्रो पुस्ता प्रतिनिधित्व गर्ने बताउँदै जालन्धर काफ्ले भन्नहुन्छ, “हाम्रो पुस्तापछि अब बालन खेलाडी पाइन्न । यति राम्रो गीतिनाटक गाउँबाट हरायो भने हाम्रो पहिचानमै धक्का लाग्न सक्छ । त्यसैले यसलाई जोगाउनुपर्छ ।” लोक संस्कृतिप्रति युवाको वितृष्णाको कुरा गर्दा जालन्धारको तर्क छ-पूर्वीय दर्शन र संस्कार नै क्रमिकरुपमा पाश्चात्य क्रियाकलापको असर परेको छ । सूचना प्रविधिको विकास र विस्तारले गाउँमा यसको प्रभाव सामान्य भइसक्यो ।

बालन खेल आयोजना गाउँमा निक्कै कम भएको स्वीकार्दै दोस्रो र तेस्रो पुस्ता दुवैसँग बालन खेलेका देवीप्रसाद दाहाल पनि बालन समाजको अभिन्न अङ्ग भएकाले यसको अनिवार्य संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार, रामपुर गाउँमा बालन खेलको पहिलो पुस्तामा रामचन्द्र दाहाल ‘बाइसे बुढा’, पुण्यप्रसाद दाहाल, पद्मलाल दाहाल, मोदनाथ दाहाल, प्रभुनाथ दाहाल ‘लामिडाडे’, द्धारिका पौडेल ‘पाहुना बुढा’ हुन् ।

“आजभन्दा १० वर्ष अगाडिसम्म बालन नियमित नै हुन्थ्यो । अन्तिम पटक मैले पाँच वर्ष अघि बालन खेलेको थिएँ । अहिले आयोजना अलि खर्चिलो भएका कारण पनि बालन कम भएको हो । पूर्णरुपमा लोप भइसकेको चाहिँ होइन”, उहाँको भनाइ छ ।

हुन त रामपुरमा बालन खेलाडी र खेलप्रेमी नभएको होइन । गणेश काफ्लेका अनुसार गाउँमा दुई समूह बालन खेलाडी प्रशिक्षित भएका छन् । त्यसैगरी चार वर्षअघि मोलुङ गाउँपालिकाले आयोजना गरेको प्रतिस्पर्धात्मक बालन कार्यक्रममा रामपुरको बालन समूह प्रथम भई पुरस्कारसमेत हात पारेको थियो । जलजलेमा आयोजित यो प्रतियोगिता राति नभई दिउँसो केबल दुई-तीन घण्टा भएको थियो ।

शिक्षक लालमणि घिमिरेका अनुसार धर्म र पौराणिक गाथामा आधारित भएकाले पहिले यो प्रस्तुति हेर्न सयौँ मानिस भेला हुन्थे । आयोजकको घरबाहेक शिव मन्दिरमा पनि बालन खेलिन्थ्यो । “अघिल्लो पुस्ताले सिकाउँछौँभन्दा पनि अहिलेका पुस्ताले बालनप्रति चासो राखेनन् । पहिले स्वयंसेवी हिसाबले बालन खेले पनि अब यो आयोजकलाई खर्चिलो भएको छ ।” तर जालन्धर काफ्ले भने बालन आयोजकलाई बालन खेलाडीका लागि यति रकम दिनुपर्छ भनेर कसैले नभनेको बताउनुहुन्छ ।

आयोजकले स्वेच्छाले दिएको पारिश्रमिक नै ग्रहण गर्छन् बालन खेलाडीहरु । उता, उद्धवप्रसाद दाहाल भन्नुहुन्छ, “पैसामुखी भइयो भने पुर्खाको यो चिनो, हाम्रो संस्कृति रहन्न । यसलाई जोगाउन सामाजिक र स्वयंसेवी भावना चाहिन्छ ।”

के हो बालन ?

प्रायः एकाहा तथा सप्ताह पुराण, जन्मोत्सव, सत्यनारायण पूजा सम्पन्न भएको रात यस्ता महोत्सव आयोजकका घरमा खेलिने गीतिनाटक नै बालन हो । यो कम्तीमा सात जना पुरुषको समूहले खेल्ने नाटक हो । यो राम-सीता कहानी हो । त्यसैले यसमा रामायणका धेरै कथा समावेश हुन्छन् । धर्मकार्य समापनको रात जाग्राम बस्ने मानिसलाई मनोरञ्जन दिनु पनि यसको उद्देश्य हो । यो बेलुका सुरु गरेर बिहानसम्म अविरल चल्छ । एक जनाले भट्याउने र अरु जोडीले त्यसैलाई दोहोर्याइ भनेर हाउभाउसहित नाटकीय प्रस्तुति दिइन्छ ।

“सीता भारत बेलुका ६ बजे सुरु भएर बिहान ६ बजेसम्म अहर्निश चल्छ । गीतको भाकामा हामी सँगसँगै नाच्दै गाउँदै गर्छौ । यसमा देवता भाक्ने चलन पनि छ ।” जालन्धर भन्नुहुन्छ । यस्तो प्रतिज्ञा गरेर हामी बालन सुरु गर्छौं,

‘जागुरे दीप है बलो रे बत्ती, तिमी र हामी छौँ साथी ।

नाँची काटौँ है खेली बिताउँला सकलो यो निजी रात ।।’ 

उहाँहरुका अनुसार, कतिपयले बालनलाई रामायण, श्रीमद्भागवत्, देवीभागवतको छोटकरी रुप मान्छन् । थुप्रै बालनमध्ये दुई सय श्लोकसहितको छोटो चाहिँ सीता भारत हो । रामपुर र यस वरिपरि गाउँमा यही सीता भारत बालन नै प्रचलनमा छ । यो लामो लय हालेर भट्याइन्छ र खेलिन्छ । समाचार सङ्कलनका क्रममा एकैसाथ भेटिनुभएका देवीप्रसाद दाहाल र जालन्धर काफ्ले लामो लय हाल्दै बालनको श्लोक सुनाउँनुहुन्छ,

‘ए ओइ ॐ श्री राम, जपम् भाइ हो ॐ श्री राम ।

ए ॐ श्री राम है ॐ श्री राम, जपम् भाइ हो श्री रामको नाम ।।’

बृद्ध हुन् या युवा, पौराणिक लोकसंकृतिको संरक्षण एक्लो व्यक्तिको प्रयासमा सम्भव छैन । त्यसमा पनि बालन समूहमै खेलिन्छ । मनोरञ्जनको अर्को नाम आधुनिक सूचना प्रविधि भएका बेला विशेष गरी युवा र आउँदा पुस्ताले यसको संरक्षण कसरी गर्ने हुन् हेर्न बाँकी छ ।

Tags: #ओखलढुंगा#राससबालन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग
समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी — गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि हिसान सुनसरीले...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.