झापा : झापामा नौ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बालिका बलात्कार गरेको आरोपमा झापाको हल्दिवारीबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका ४ बडाबारी तामाङबस्ती निवासी ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ रहेका छन् ।
बालिकालाई गत सोमबार राति घरमा कोही नभएको मौका छोपेर श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।














Discussion about this post