Monday, April 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीकी छात्रामाथि सामूहिक बलात्कार प्रकरण : कराँतेका प्रशिक्षकद्वय कसुर ठहर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १७, २०८०
in समाचार
0
विराटनगरमा किशोरीमाथि सामूहिक बलात्कार, करातेका दुई प्रशिक्षक पक्राउ
529
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : इटहरीकी एक छात्रामाथि सामूहिक बलात्कार कसुरमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीको अपराध ठहर भएको छ ।

मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले राउत र सुवेदीले गरेको कसुर ठहर गरेको हो । कसुर ठहर भएपछि सजाय निर्धारण भने अर्को पेशी कार्तिक २२ गतेको इजालशले तोक्ने मोरङ अदालतको सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत दुबैलाई जबरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरी जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग दायर गरेको थियो । दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।

अदालतले दोषी ठहर गरेसँगै सुवेदी र राउतले छात्रामाथि सामूहिक बलात्कार गरेको पुष्टि भएको छ । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि दुवै जना २०७९ भदौमा करागार चलान भएका थिए । करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर भएपनि उनीहरुलाई हुने कैद सजाय निर्धारण गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी सुवेदीले बताए ।

उनका अनुसार दुवै जनाले कति वर्ष कैद बस्नुपर्छ भनेर सजाय निर्धारण गर्नलाई आगामी कात्तिक २२ गतेको समय तोकिएको छ । अहिले सुवेदी र राउत दोषी ठहर मात्रै भएका हुन् । फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम ३ वर्ष भन्दामाथि कैद सजाय हुने मुद्दामा कसूर कायम र सजाय निर्धारण छुट्टाछुट्टै गर्नुपर्ने कानुनी व्यवस्था छ ।

विराटनगर महानगरपालिका ४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव हुन् भने सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । उनीहरूले सोही कलेजमा अध्ययनरत इटहरीकी १९ वर्षीय छात्रालाई सामुहिक बलत्कार गरेको आरोपमा पक्राउ परेका थिए ।

पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको अभियोग पत्रमा उल्लेखछ । अन्तिम पटक भने अघिल्लो असार २८ गते सुवेदीले करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ । पीडितमाथि जेठ महिनामा विराटनगरको मुनाल पथ स्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए ।

युवतीको अश्लील भिडिओ बनाई उनीमाथि पटक–पटक करणी हुँदै आएको पीडितले दिएको जाहेरीमा उल्लेख छ । छात्राले किटानी जाहेरी दिएपछि सुवेदी र राउतलाई प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर घटनाको अनुसन्धान गरेको थियो ।

छात्रालाई नसालु पदार्थ सेवन गराएर दुवै जनाले समूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको थियो ।

जवरजस्ती करणी मुद्दामा राउत र सुवेदीलाई २०७९ भदौ ६ गते मोरङ जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवालको इजालशले उनीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएका थिए ।

Tags: #बलात्कारठहर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन
समाचार

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

by टाकुरा न्यूज । इटहरी
बैशाख १३, २०८३
0

भोजपुर : अविरल वर्षाका कारण अवरुद्ध बनेको मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर–चखेवा–दिक्तेल हुँदै काठमाडौं जाने सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको...

नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए
भिजिट नेपाल

नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए

by रासस
बैशाख १३, २०८३
0

झापा : पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष...

नयाँ वर्षमा चौरी महोत्सव हुँदै

बर्सेनि बढ्छन् पर्यटक, विद्युत् र इन्टरनेट समस्याले असहज

बैशाख १३, २०८३
इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

बैशाख १३, २०८३
इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

बैशाख १२, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

सुनसरीमा ब्राउनसुगरसहित एक जना पक्राउ

बैशाख १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

बैशाख १३, २०८३
नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए

नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए

बैशाख १३, २०८३
नयाँ वर्षमा चौरी महोत्सव हुँदै

बर्सेनि बढ्छन् पर्यटक, विद्युत् र इन्टरनेट समस्याले असहज

बैशाख १३, २०८३
इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

बैशाख १३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1432 shares
    Share 573 Tweet 358
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    642 shares
    Share 257 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    467 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    377 shares
    Share 151 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.