झापा : मोटरसाइकलको हेण्डिलमा प्वाल पारेर लागूऔषध ब्राउनसुगर ल्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इलामको चुलाचुली गाउँपालिका ५ का ३२ वर्षीय भूपाल तामाङ र सोही ठाउँका २१ वर्षीय सिजन तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार उनीहरूलाई बिहीबार साँझ ६ बजे मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट ७ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटंकी बजारबाट नेपालतर्फ आउँदै गरेको को १४ प ४७६१ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा मोटरसाइकलको हेण्डिलको बायाँ साइडको प्वालमा कालो रङ्गको प्लास्टिकभित्र राखिएको ब्राउनसुगर फेला परेको थियो ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post