विराटनगर : कोसी प्रदेश सरकारले भूकम्प प्रभावितहरूको राहत तथा उपचारका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
शनिबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उद्धार, राहत र उपचारका लागि कर्णाली प्रदेश सरकारलाई रकम पठाउने निर्णय गरेको हो ।
प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको अस्थायी बसोबासका लागि आवश्यक पर्ने एक ट्रक सामान पनि पठाउने निर्णय गरेको छ ।
राहत सामग्री तत्काल त्यसतर्फ लगिने मुख्यमन्त्री केदार कार्कीले जानकारी र्दिए ।














Discussion about this post