झापा : झापा गाउँपालिका १ सितापुरीबाट नक्लकी नेपाली नोटसहित ६ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत किसनगंजथानाका २४ वर्षीय अन्जर आलम, दीघलबैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पूर्णियाथानाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेका छन् ।
भारतीय नम्बरको २ वटा मोटरसाइकलमा नेपाल आएका उनीहरूलाई इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आलमको साथबाट १ हजार दरको ३ थान नेपाली नक्कली नोट बरामद भएको थियो ।
नक्कली नोट फेला परेसँगै अन्य ५ जनाको समेत संग्लग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको र उनीहरूलाईसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।













Discussion about this post