इलाम : इलाममा पहिलोपटक गैरआवासीयलाई नागरिकता प्रदान गरिएको छ ।
नेपाल नागरिकता ऐन, २०६३ पहिलो संशोधन र नेपाल नागरिकता नियमावली २०६३ तेस्रो संशोधनअनुसार हाल अमेरिकामा रहेका बिजेन्द्र गुरुङलाई गैर आवासीय नेपाली नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
गुरुङलाई इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गैर आवासीय नेपाली नागरिकता प्रदान गरे ।
गुरुङको तत्कालीन इलाम नगरपालिका ६ स्थायी ठेगाना रहेको बताइएको छ ।












Discussion about this post