इटहरी : सुनसरीको दुहबी ननरपालिका ३ सोनापुरस्थित प्रिमियर अर्गानिक बिअर फ्याक्ट्रीमा मेसिनमा च्यापिएर कामदारको मृत्यु भएको छ ।
सोमबार साँझा स्थानीय १८ वर्षीय प्रमोद सरदारको काम गर्ने क्रममा मेसिनको बेल्टमा च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार शवलाई पोष्टमार्टमको लागि कोसी अस्पताल विराटनगर पठाएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।













Discussion about this post