झापा : झापाको कचनकवल ७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैँले खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।
स्थानीय एसबीआई इटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई सोमबार छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
अकस्मात् खुकुरी र बत्ती लिएर बिरालो मार्ने भन्दै तामाङ घरबाट निस्किएका थिए । उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए ।
स्थानीयकाअनुसार केही समयदेखि उनी मानसिक स्वस्थ्य थिएनन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post