Saturday, May 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर : हतुवागढी ‘लिफ्ट’ आयोजनाको काम अन्तिम चरणमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २६, २०८०
in समाचार
0
भोजपुर : हतुवागढी ‘लिफ्ट’ आयोजनाको काम अन्तिम चरणमा
81
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन  हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

अनुमानित कुल रु १८ करोड ५३ लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो आयोजनाको पाँच स्थानमा ट्याङ्की र पालेघर निर्माणसँगै चार हजार दुई सय मिटर मुख्य पाइप लाइन विस्तारको काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

अब शाखा लाइन विस्तार र करिब एक सय ५० मिटर मुख्य पाइप बिच्छ्याउन बाँकी रहेको समितिका अध्यक्ष बलबहादुर मगरले बताउनुभयो ।

“आयोजनाको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “कामलाई तीव्ररूपमा अघि बढाएका छौँ । हाल मुहानबाट करिब एक सय ५० मिटर मुख्य पाइप लाइन विस्तार गर्न बाँकी छ । विद्युत् विस्तारपछि पानी वितरणको काम थालनी गर्छौँ । बर्सेनि थोरै बजेट विनियोजन हुँदा काममा केही ढिलाइ भएको अवस्था छ ।”

यो आयोजनाबाट हतुवागढी गाउँपालिका वडा नं १ र २ रानीबासका करिब आठ सय ४८ परिवारलाई पानी विस्तार हुने उपभोक्ता समितिको भनाइ छ । हेङ्माखोला र कावाखोलाको बीचबाट लिफ्ट गरेर पानी बस्तीमा ल्याउन आर्थिक वर्ष २०७५/७६ बाट आयोजना निर्माण थालिएको हो ।

निर्माण भइरहेको आयोजनास्थलको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले स्थलगत अनुगमन गरेको छ । योजना सञ्चालन भइरहेको स्थानमा देखिएका समस्या समाधान गरेर चाँडो पानी सञ्चालन गर्ने लक्ष्यका साथ काम अघि बढाएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताउनुभयो ।

भौतिक निर्माणको काम करिब अन्तिम चरणमा पुगेकाले अब विद्युत् विस्तार गरेर पानी वितरणको काम सुरु गर्ने तयारी रहेको प्रमुख सिंहको भनाइ छ ।

“यो योजनाको पाइप लाइन विस्तारसँगै अन्य संरचनाको काम करिब अन्तिम चरणमा पुगेको छ”, प्रमुख सिंहले भन्नुभयो, “अब विद्युत् विस्तारको काम बाँकी छ । यो पनि चाँडो सुरु गरेर पानी सञ्चालन गर्ने लक्ष्य छ । तत्काललाई हामीले पहिलो लिफ्टमा पानी फाल्ने तयारी गरेका छौँ ।”

स्थलगतरूपमा योजनाको अनुगमन गरेर आवश्यक कामलाई तीव्रता दिइएको कार्यालयको भनाइ छ । क्रमगत योजना रहेकाले यो वर्ष यहाँ थप काम गर्नका लागि रु ५८ लाख बजेट विनियोजन भएको कार्यालयको भनाइ छ । प्रदेश सरकारबाट थप बजेट आएमा यो आर्थिक वर्षमा सम्पूर्ण ट्याङ्कीमा पानी खसाल्न सकिने प्रमुख सिंहले बताउनुभयो ।

“यो क्रमागत योजना हो”, उहाँले भन्नुभयो, “प्रदेश सरकारबाट बर्सेनि थोर–थोरै बजेट विनियोजन हुने गरेको अवस्था छ । पर्याप्तरूपमा बजेट आएको खण्डमा यो आर्थिक वर्षमा आयोजनाको काम सम्पन्न हुन्छ ।”

आयोजनाको कामलाई समयमा सम्पन्न गराउन आवश्यक भूमिका खेलिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । कतिपय खण्डमा योजना सञ्चालन पूर्व स्थानीय तहमा समन्वय नगरिँदा समस्या हुने गरेको अध्यक्ष राईको भनाइ छ । योजना सञ्चालनपश्चात यसको दिगो व्यवस्थापन गर्न उपभोक्ता समिति, खानेपानी कार्यालय र स्थानीय सरकारले लिखित निर्णय गरेर योजनाबद्धरूपमा काम गर्नुपर्ने उहाँको भनाइ छ ।

“योजनालाई सम्पन्न गराउन हामीले पनि आफ्नो तहबाट भूमिका खेलिरहेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “प्रदेश सरकारबाट पर्याप्त बजेट नआउँदा काममा केही ढिलाइ भएको अवस्था पनि छ । यसलाई समयमा सम्पन्न गराएर यसको दिगो व्यवस्थापनका लागि काम गर्न आवश्यक छ ।”

योजनाबाट पानीको समस्यामा रहेका स्थानीयलाई राहत मिल्ने हतुवावढी–१ का अध्यक्ष कुमार विष्टले बताउनुभयो । यो आयोजनाबाट यहाँका तीन सय बढी परिवारले पानीको उपभोग गर्न पाउने उहाँको भनाइ छ ।

“यहाँका स्थानीय पानीको पर्खाइमा रहेको अवस्था छ”, उहाँले भन्नुभयो, “हामीले पनि आयोजना समयमा सम्पन्न गराउन भूमिका खेलिरहेका छौँ । पानी बस्तीमा आएपश्चात वर्षौँबाट रहँदै आएको पानीको समस्या अन्त्य हुनेछ ।”

वडाको तर्फबाट बाटो मर्मत गर्नेलगायतका काम गरेको हतुवागढी–२ का वडाध्यक्ष विचारी थापाले बताउनुभयो । वडाको तर्फबाट ठूलो काम गर्न नसके पनि यो योजना सम्पन्न गराउन सडक विस्तारलगायत काम गरिरहेको उहाँको भनाइ छ ।

यो आयोजनाबाट यहाँका चार सय ५० बढी स्थानीयले पानीको उपभोग गर्न पाउने वडाध्यक्ष थापाले बताउनुभयो ।

Tags: #भोजपुर#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा
FEATURE BREAKING

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

by अर्जुन उप्रेती
बैशाख २६, २०८३
0

वैशाख २० गते भत्केको खुम्बु आइसफल यस वर्ष झनै खतरनाक छ । हाम्रो टोली गएको ५ मिनेटपछि मे ५ को...

पूर्वी नाकाबाट कफीको आयात बढ्यो
विविध

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

by रासस
बैशाख २६, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख २६, २०८३
हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

बैशाख २६, २०८३
पूर्वी नाकाबाट कफीको आयात बढ्यो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

बैशाख २६, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    455 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.