Saturday, May 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापाको मेची बगरमा दुई युवाले फलाए ८६ लाखको आलु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २६, २०८०
in समाचार
0
झापाको मेची बगरमा दुई युवाले फलाए ८६ लाखको आलु
146
SHARES
Share on FacebookShare on Twitter

झापा : दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले रु ८६ लाखको आलु फलाएका छन् ।

मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका थिए । फार्मको ११ बिघा जग्गामा पहिलो बालीको रुपमा आलु उत्पादन भएको हो ।

आधुनिक प्रविधिबाट रु ४५ लाख लगानीमा आलु खेती गरेको सञ्चालक खनालले जानकारी दिए । उनका अनुसार हाल एक कट्ठा जमिनमा लगभग ११ क्विन्टलका दरले आलु उत्पादन भएको छ । आलु खन्ने, रोप्ने, गोड्ने र सिँचाइका लागि ४५ जना श्रमिकले दैनिक रोजगारी पाइरहेका छन् ।

फार्ममा उत्पादित पहिलो यामको सेतो आलु खन्ने र बिक्री गर्ने काम धमाधम भइरहेको छ । एघार बिघामा दुई हजार तीन सय ३२ क्विन्टल आलु फलेको र विर्तामोडलगायत झापाका विभिन्न बजारबाट खेतमै आउने व्यापारीले प्रतिक्विन्टल रु तीन हजार सात सयका दरले आलु किनेर लैजाने गरेको खनालले जानकारी दिए ।

आलु व्यापारीले फार्मबाट प्रतिकेजी रु ३७ का दरले लैजाने गरेको उक्त आलु हाल खुद्रा बजारमा प्रतिकेजी रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ । रासायनिक तथा कीटनाशक विषादीको प्रयोग नगरी अर्ग्यानिक प्रविधिबाट खेती गरिएको हुँदा आलुले राम्रो बजार पाएको सञ्चालकको भनाइ छ ।

गत वर्ष भारतको मणिपुरबाट आएर झापामा जग्गा किनेका एक प्रवासी नेपालीसँग लीला खनालको भेट भएको थियो । ती प्रवासी नेपालीले आफूले मणिपुरमा आलु फलाएर बेचेको पैसाले जग्गा किनेको खनाललाई बताएका थिए । आलु बेचेर जग्गा जोड्ने कुराले आलु खेती गर्ने प्रेरणा मिलेको खनालले बताए । त्यसपछि आलु खेतीको सम्भाव्यताबारे मणिपुर, आसाम र पञ्जाबसम्म पुगेर खनालले अध्ययन अवलोकन गरेका थिए ।

खनाल पाँच वर्ष कोरियामा वैदेशिक रोजगारीमा गएका थिए । विदेशबाट फर्केपछि उनी परम्परागत कृषि कर्मसँगै घडेरी व्यवसायमा लागेका थिए । अब पूर्णकालीन कृषि व्यवसायमा लाग्ने उनको सोच छ ।

आलुले राम्रो उत्पादनसँगै नाफा दिएपछि फार्मका अर्का सञ्चालक हरि नेपाल उत्साहित छन् । “पहिलोपटक लगाएको आलुमै सोचेभन्दा राम्रो आम्दानी भयो”, उनले भने, “आउँदो साल अहिलेको तुलनामा दोब्बर जग्गामा आलु खेती गर्ने सोच बनाएका छौँ । अरु बाली पनि आशलाग्दो रुपमा फष्टाइरहेको छ ।”

उनी पनि विगतमा तीन वर्ष मलेसियामा वैदेशिक रोजगारी गरेर फर्किएका हुन् । विदेशमा रहँदा उनले मलेसियाको कृषि फार्मको अध्ययन गरेका थिए । विदेशबाट फर्केपछि मेचीनगरमा अमृत डेरी स्थापना गरेका उनले विगत चार वर्षदेखि आफूलाई कृषि व्यवसायमा केन्द्रित गरेका छन् ।

विदेशबाट फर्केका र कृषिमै केही नयाँ काम गरौँ भन्ने सोच बोकेका खनाल र नेपालले यसै वर्ष साझेदारीमा मेचीनगरको वडा नं १० र १५ मा जग्गा लिजमा लिएर ठूलो मात्रामा तरकारी खेती सुरु गरेका हुन् ।

“अहिले आलु फलेको ठाउँ मेची नदीको काँसघारी रहेको बगर जग्गा हो”, फार्ममा सञ्चालक नेपालले भने, “स्थानीय विद्यालय र केही किसानको स्वामित्वको जग्गा भएकाले उहाँहरुसँग सम्झौता गरेर लिजमा जग्गा लिँदा यहाँ बाली उत्पादन होला भनेर कसैले पत्याएका थिएनन् ।”

काँसघारी फँडानी गरेर ट्र्याक्टरले बाँझो फुटाएको उक्त जग्गा सीमानाको दशगजामै जोडिएको छ । कतिपय जग्गामा बर्खामा खोलाको भेल पस्ने त्रास छ । काँसघारीलाई उर्बर जमिनमा परिणत गर्न निकै मिहेनत र लगानी खर्च भएको नेपालले बताए ।

फार्मका कृषि प्राविधिक विमल तामाङले बगरको मिश्रित दोमट माटोमा उर्बरा शक्ति धेरै हुने भएकाले आलुखेतीका लागि उक्त जग्गा चयन गरिएको बताए । उनले फार्ममा गोबर र तोरीको पिनालाई मलको रुपमा अत्यधिक प्रयोग गरिएको जानकारी दिए ।

फार्मले स्थानीय कालिका प्राथमिक विद्यालयको ८६ बिघा र स्थानीयवासीको २२ बिघा गरी एक सय आठ बिघा जग्गा लिजमा लिएको हो । सोमध्ये ११ बिघामा आलु खेती र अडाई बिघा जग्गामा फर्सी खेती गरिएको छ । अन्य जमिनमा लौका, टमाटर, फूलकोपीलगायतका तरकारी लगाइएको छ ।

बर्सातको समयमा मेची नदीमा आउने बाढीले पुर्याउन सक्ने क्षति फार्मको सबैभन्दा ठूलो चुनौती हो । स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट फार्मले हालसम्म कुनै अनुदान लिएको छैन । नदीमा तटबन्धन र फार्मसम्म विद्युतीय प्रसारण लाइन पु¥याइदिन स्थानीय सरकारसँग आग्रह गरिएको सञ्चालक खनालले बताए ।

Tags: #कृषि#झापा#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा
FEATURE BREAKING

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

by अर्जुन उप्रेती
बैशाख २६, २०८३
0

वैशाख २० गते भत्केको खुम्बु आइसफल यस वर्ष झनै खतरनाक छ । हाम्रो टोली गएको ५ मिनेटपछि मे ५ को...

पूर्वी नाकाबाट कफीको आयात बढ्यो
विविध

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

by रासस
बैशाख २६, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख २६, २०८३
हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

बैशाख २६, २०८३
पूर्वी नाकाबाट कफीको आयात बढ्यो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

बैशाख २६, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    455 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.