Saturday, May 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उदयपुर : एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २९, २०८०
in समाचार
0
92
SHARES
Share on FacebookShare on Twitter

कटारी (उदयपुर), मङ्सिर २९ गते । कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरुबाट एक वर्षमा ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् ।

त्यसैगरी सो आर्थिक वर्षमा चार सय ६४ जना वैदेशिक रोजगारीबाट फर्किएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीका अनुसार कुल विप्रेषणमध्ये सबैभन्दा बढी अनुत्पादक क्षेत्रमा खर्च भएको छ ।

“कुल भित्रिएको विप्रेषणमध्ये १४ प्रतिशतमात्रै बचत देखियो, एक दशमलव सात प्रतिशत ऋण लगानी भएको छ”, उहाँले भन्नुभयो, “शून्य दशमलव पाँच प्रतिशत व्यवसाय र ८४ प्रतिशत अनुत्पादक क्षेत्र अर्थात मोबाइल तथा टिभीलगायतमा खर्च भएको देखियो ।”

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएकाका लागि पुनः एकीकरण (रेमी) परियोजनासमेत सुरु भएको छ ।

नेपाल सरकारको श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हुँदै यो परियोजना कोशी प्रदेशको १० वटा स्थानीय तहमा सुरु भएको छ ।

स्वीजरल्याण्ड सरकारको सहयोगमा ‘हेल्भेटास नेपाल’मार्फत सुरु भएको यो परियोजना उदयपुरको आठ स्थानीय तहमध्ये कटारी नगरपालिकामा सुरु भएको हो । नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले विदेशबाट फर्किएकालाई आर्थिक, सामाजिक, राजनीतिक समस्या समाधानका लागि रेमी परियोजनाले काम गर्ने बताउनुभयो ।

“परियोजनाको सुरुआती चरण सुरु भएको छ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “वडा नम्बर ५ र ७ मा धेरैजना विदेश जाने गरेको पाइएकाले त्यहाँबाट परियोजना सुरुआत गरेका छौँ ।”

परियोजना संयोजक जयन्ती तामाङले विदेशबाट फर्किएकाहरु मनोसामाजिक, आर्थिक, सामाजिक र राजनीतिकरुपमा कसरी समाजमा एकीकरण गर्न सकिन्छ भन्ने क्षेत्रमा काम सुरु भएको बताउनुभयो ।

नगरपालिकाभित्र विप्रेषण भित्रिएको देखिए पनि यसको सही सदुपयोग नहुँदा समाजमा एकीकरण भई फर्किएकाहरु बस्न नसक्ने अवस्थाको अन्त्यका लागि परियोजनाले काम सुरुआत गरेको हो ।

Tags: #उदयपुर#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 
FEATURE BREAKING

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

by अर्जुन उप्रेती
बैशाख २५, २०८३
0

विश्वमा सबैभन्दा धेरै हिमाल नेपालमा छन् । र, ती हिमालमा बनेका विश्व कीर्तिमान पनि सबैभन्दा बढी नेपालीकै नाममा दर्ज छन्...

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ
समाचार

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१९ ब्रहमपुरबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा...

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

बैशाख २५, २०८३
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

बैशाख २५, २०८३
द्वन्द्वकालमा नष्ट भएका साढे ३ सय हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण

इलाममा भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र वितरण

बैशाख २५, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

बैशाख २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३
इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

बैशाख २५, २०८३
त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

त्रिसाली मेला : धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले गुञ्जायमान

बैशाख २५, २०८३
मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

बैशाख २५, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    449 shares
    Share 180 Tweet 112

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.