इलाम : इलामको फिक्कलबाट प्रतिबन्धित ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राति सूर्योदय नगरपालिका १० फिक्कल बजारको घडी तथा मोबाइल मर्मत पसलबाट बेच्दै गरेको अवस्थामा चार सय ४० मिलिग्राम ब्राउन सुगरसहित सुनपा १० का ४० वर्षीय छिनम तामाङ र अभिषेक राईलाई शसस्त्र प्रहरीले पक्राउ गरेको हो ।
ब्राउनसुगर बिक्री गर्ने तामाङ र किन्ने राई दुबैलाई शसस्त्र प्रहरी टोलीले खरिद बिक्री गर्दा गर्दै पक्राउ गरेको शसस्त्र प्रहरी बल आइतबारे बेस क्याम्पका शसस्त्र प्रहरी निरीक्षक कमल थानीले जानकारी दिए ।
उनकाअनुसार पसलबाट चारवटा पोकामा रहेको तीन सय ३० मिलिग्राम ब्राउन सुगर बेच्दै गर्दा र एक सय १० मिलिग्राम पसलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post