ओखलढुङ्गा : लुटपाटपछि वृद्धाको हत्या गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका ३ की ८२ वर्षीय बालामाया सुनुवारको हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो ।
अनुसन्धानका लागि पक्राउ गरिएकाले पक्राउ परेकाहरूको पहिचान सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी, प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।
सुनुवार गत ३० मङ्सिरमा आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा लुटपाटपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।














Discussion about this post