इटहरी : विराटनगर महानगरपालिका १६ हुलास चौक स्थितबाट लागूऔषध ब्राउनसुगर र औषधीसहित इटहरीका एक युवक पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पैदलयात्री इटहरी उपमहानगरपालिका ५ का २७ वर्षीय प्रकाश मादेन लिम्बूलाई पक्राउ गरिएको हो ।
शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित औषधी ४ एम्पुल र ५७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post