Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

शान्ति जनकल्याण सहकारीको २८ औं साधारणसभा सम्पन्न, संस्थाको कूल लगानी ३५ करोड बढी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १५, २०८०
in विविध, समाचार
0
शान्ति जनकल्याण सहकारीको २८ औं साधारणसभा सम्पन्न, संस्थाको कूल लगानी ३५ करोड बढी

सहकारीद्वारा सम्मान गरिदैँ ।

94
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा रहेको शान्ति जनकल्याण बुहउद्देश्यीय सहकारी संस्थाले आफ्नो २८ औँ साधारणसभा सम्पन्न गरेको छ ।

शनिबार तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको प्राङ्गणमा संस्थाले आफ्नो स्थापनाको २८ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

साधारण सभामा संस्थाका अध्यक्ष वीरबहादुर लिम्बूले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनअनुसार २०७९/८० को शेयर पुँजी ७ करोड ७५ लाख ३१ हजार ५ सय रहेको छ ।

गत सालको तुलनामा ९ दशमलव २० प्रतिशतले बृद्दि भएको उनले बताए । संस्थाले हालको कुल ऋण लगानी ३५ करोड ८२ लाख ९९ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, यस वर्ष संंस्थाको जम्मा मुनाफा एक करोड २६ लाख ८९ हजार ३ सय ४२ रहेको छ ।

राष्ट्रिय सहकारी बैँकका पूर्व अध्यक्ष तथा सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेल प्रमुख अतिथि रहेका थिए । महासंघको मूल मर्म भनेकै एकका लागि सबै/सबैका लागि एक भन्ने मूल मर्म रहेको उनले बताए ।

साधारणसभाको अवसर पारेर असल बचतकर्ता, असल ऋणिसहित वृद्वाहरूलाई सम्मानसमेत गरिएको थियो ।

सम्मानित हुनेहरूमा इन्द्रलाल अधिकारी, पुष्प गुरुङ, फूलमाया कार्की, युवकुमारी कार्की, सीता काफ्ले, लक्ष्मीप्रसाद कोइराला, नरेशकुमार श्रेष्ठ, डम्बरकुमारी गिरीलगायत छन् ।

यस्तै संस्थाका उत्कृष्ट कर्मचारीका रूपमा कृष्णकुमारी पोखरेललाई नगदसहित पुरस्कृत गरिएको छ । यस्तै, उत्कृष्ट ऋणीका रूपमा मेघराज पराजुली र शान्तिकुमारी राईलाई सम्मान गरिएको छ ।

यस्तै, उत्कृष्ट बचतकर्ताका रूपमा रमण गुरुङ र तारा काफ्लेलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरेल, संस्थाका अध्यक्ष लिम्बूले दोसल्ला ओढाएर पौष्टिक आहारसहित सम्मानपत्रद्धारा सम्मान गरे ।

यस्तै, कोप मार्टमार्फत उत्कृष्ट खरिदकर्ताका रूपमा सनम राई र राधा राईलाई सम्मान गरिएको छ । प्लस टु मा उत्कृष्ट अङ्क ल्याउने २ जना छात्र छात्रालाई पनि नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।

साधारणसभामा संस्थाका लेखा समिति संयोजक कृष्णप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष प्रतिवेदन संस्थाका अध्यक्ष लिम्बूले प्रस्तुत गरेका थिए ।

यस्तै, इटहरी मेडिकलको सहकार्यमा शेयर सदस्यहरूको स्वास्थ्य शिविरसमेत आयोजना गरिएको संस्थाका उपाध्यक्ष चिन्तामणी सापकोटाले बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड इनरुवाका अध्यक्ष गंगाप्रसाद दाहाल, कृषि अनसुन्धान निर्देशनलय तरहराका प्रमुख डा. गोविन्द तिम्सिना, इटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष तथा संस्थाका सल्लाहकार मणिराम श्रेष्ठ, इटहरी २ का वडाध्यक्ष माधव कोइराला लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।

Tags: #तरहरा#सहकारीशान्ति जनकल्याण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ
FEATURE BREAKING

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

उदयपुर । उदयपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ३८ महिनामा ४ हजार ३७६ दशमलव ५८४ किलोग्राम गाँजा बरामद गर्दा ९९ जनालाई...

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग
FEATURE BREAKING

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा १९ लाख ४० हजार ८२७ रुपैयाँ आर्थिक सहयोग...

भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा अदालतबाट दोषी ठहर पाँच फरार प्रतिवादी नियन्त्रणमा

भदौ २२, २०८३
भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

भूगोलअनुसार योजना बनाउँछौँ, ढिलासुस्ती स्वीकार्य छैन : जीवन आचार्य

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.