उदयपुर : उदयपुरमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका २ झण्डीपुर बस्ने २१ वर्षीय दीपन मगर रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो।
मगरले ती बालिकालाई गत बुधबार दिउँसो बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post