Thursday, April 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पूर्वी तराईमा ‘भक्का’ लोकप्रिय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २७, २०८०
in समाचार
0
पूर्वी तराईमा ‘भक्का’ लोकप्रिय

सांकेतिक तस्वीर । तस्वीर स्रोत : गुगल ।

110
SHARES
Share on FacebookShare on Twitter

झापा : पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो ।

धानको पीठोबाट बनाइने भाक्का पोसिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईमा लोकप्रिय बनिसकेको छ ।

पुस–माघको चिसो मौसममा राजवंशी महिला हुरहुरी बाफ उड्ने तातो खाजाका रुपमा भक्का बनाउने गर्दछन् । यसको स्वादले पहाडबाट बसाइँ सरेर आएका तराईका अरु समुदायलाई समेत आकर्षित गरेको छ । राजवंशी मात्र होइन, मेचे, धिमाल, ताजपुरिया र थारु महिला पनि भक्का बनाउँछन् ।

झापाको ग्रामीण बस्तीमा सानो माटाको हण्डीमा पानी उमालेर बाफमा बिहान झिसमिसेदेखि नै सडक किनारमा बसेर भक्का पकाउने र बेच्ने गर्छन् । सहरका गल्लीमा पनि भक्का पसल बढ्दै गएका छन् । ठूला तारे होटलदेखि साना चिया पसलमा खाजाका रुपमा भक्काको बजार दिनानुदिन बढ्दै गएको छ ।

“भक्का राजवंशी समुदायको मौलिक परिकार हो”, साहित्यकार पवन राजवंशी भन्नुहुन्छ, “पानीको बाफमा पकाइने र कुनै प्रकारको मिसावट नहुने भएकाले भक्का खानु स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ ।”

सयौँ वर्षअघि पूर्वी तराईको जङ्गलबीचको उब्जाउ जमिनमा राजवंशी समुदायको बसोबास भएको मानिन्छ । कहिलेदेखि भक्काको चलन सुरु भयो भन्ने यकिन नभए पनि राजवंशी समुदायको थातथलो विस्तारसँगै रैथाने परिकारका रुपमा भक्का खाने चलन झापा र मोरङमा सुरु भएको मानिन्छ ।

भक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भक्का झनै स्वादिलो हुने स्थानीय आत्माराम राजवंशी बताउनुहुन्छ । माछासँग पनि भक्का खाने गरिएको उहाँले बताउनुभयो ।

सात वर्षदेखि हरेक वर्ष पुस २९ गते झापामा भक्का दिवस मनाउन थालिएको छ । भक्काको पहिचान स्थापित गर्न र पर्यटन प्रवर्धन गर्न दिवसको अवधारणा अघि सारिएको राजवंशी भाषा विकास समितिका अध्यक्ष अभय राजवंशीले बताउनुभयो ।

यसपालि भद्रपुरको सिटी गार्डेन र विर्तामोडको डोमालाल रङ्गशालामा भक्का दिवस कार्यक्रमको आयोजना गरिएको छ । त्यहाँ राजवंशी समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ । बिर्तामोडको कार्यक्रममा एक सय ५० राजवंशी महिलाले दुई हजार किलोग्राम चामलको पीठोबाट भक्का बनाउने भएका छन् । ख्यातिप्राप्त मास्टरसेफ सन्तोष राजवंशीलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको छ ।

यही पुस २९ गते नै भद्रपुरमा राजवंशी समाज विकास समितिले कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष उत्तम राजवंशीले बताउनुभयो । कार्यक्रममा भारतीय कलाकारको समेत सहभागिता रहने उहाँले जानकारी दिनुभयो । राजवंशी समुदायको मौलिक खानेकुरा भएकाले उनीहरु नै भक्काको प्रचारप्रसारमा जुटेका छन् ।

भक्का दिवस पनि राजवंशी समुदायकै अग्रसरतामा मनाउन थालिएको हो । झापाको कचनकबल गाउँपालिकाले पुस २९ गते भक्का दिवसका अवसरमा बिदा दिने निर्णय गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले बताउनुभयो ।

Tags: भक्का
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी
FEATURE BREAKING

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

by टाकुरा न्यूज । इटहरी
बैशाख १७, २०८३
0

इटहरी : सुनसरी जिल्लामा सुकुम्बासी बसोबासको सबैभन्दा ठूलो केन्द्र धरान उपमहानगरपालिका बनेको छ। उपलब्ध तथ्यांक अनुसार धरानमा मात्रै १४ हजार ७...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

by रासस
बैशाख १७, २०८३
0

झापा : कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक...

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३
इटहरीका ६ वटासहित ८ फार्ममा बर्डफ्लु पुष्टि, ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न नपाइने

सुनसरीमा बर्डफ्लू संक्रमणको महामारी, २३ फर्मका कुखुरा नष्ट, ३० करोडभन्दा बढी क्षति

बैशाख १७, २०८३
मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

बैशाख १७, २०८३
निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1506 shares
    Share 602 Tweet 377
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    646 shares
    Share 258 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.